ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेमिफाइनलमा नेपालले १ घण्टाभन्दा बढी खेल रोकेको भन्दै भारतले साफमा उजुरी गर्ने


एबीसी न्यूज
कार्तिक १३, २०८१ मंगलबार   ४ : ११   बजे

काठमाडौं १३ कात्तिक । अखिल भारतीय फुटबल महासंघ एआईएफएफ ले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै दक्षिण एसियाली फुटबल महासंघ ९साफ० उजुरी गर्ने भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यही कात्तिक ११ अक्टोबर २७ मा भारत(नेपालबीचको सेमिफाइनलमा भएको विवादप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यसविरुद्ध साफमा पत्र पठाउने निर्णय गरेको हो।

एआईएफएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एआईएफएफले यो घटनाबारे साफलाई पत्र लेख्नेछ र उपयुक्त मञ्चमा यो मुद्दा उठाउनेछ। भारतको अन्डर–१९ महिला टोलीले पनि भर्खरको साफ प्रतियोगितामा झन्डै यस्तै अवस्थाको सामना गर्नुपरेको थियो र एआईएफएफले यस क्षेत्रको फुटबलको विकासका लागि यस्ता कुरा राम्रो नहुने ठानेको छ।’

 

गत आइतबार साँझ काठमाडौँस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलको ७१औँ मिनेटमा संगिता बासफोरले गरेको गोलमा भारतले सुरुवाती अग्रता लिएको थियो।

तर लगत्तै नेपालकी प्रिती राईले नेपालका लागि गोल फर्काएकी थिइन्। तर रेफ्रीले गोलको मान्यता नदिएपछि केही बेर तनाव भएको थियो। भुटानी रेफ्री ओम चुकीको निर्णयविरुद्ध नेपाली पक्षले विरोध गर्दा खेल एक घण्टाभन्दा बढी समय रोकिएको थियो।

सहमतिपछि पुनः सुरु भएको खेलमा १० खेलाडीमा सीमित भएको नेपाली टोलीले गोल फर्काएपछि खेल टाइब्रेकरमा गएको थियो। जसमा भारतलाई ४–२ गोलअन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group