ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहिद सम्झना दाहालको २५औँ स्मृतीसभा सम्पन्न


admin

सिन्धुली, २३ फागुन । शहिद सम्झना दाहालको २५ औं स्मृती सभा मंगलवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन जिल्ला कमिटी सिन्धुलिद्वारा आयोजित २५ औं शहिद सम्झना दाहाल स्मृती सभामा उनले गरेको योगदानको बारेमा चर्चा गर्दै दिवसको उपलक्ष्यमा सिन्धुली जिल्लामा ०७३/०७४ को सामुदायिक बिध्यालयबाट एस.र्इ.र्इ परिक्षामा सहभागी जिल्ला उत्कृष्ट तिनजना लाइ सम्मान गरिएको छ ।

 

अनेरास्ववियु जिल्ला अध्यक्ष गोकर्ण भुजेलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य केशब देबकोटाको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको स्मृतीसभामा तत्कालीन सरकारले गरेको टनकपुर सन्धिको बिरुद्धमा आन्दोलनमा होमिएकी कक्षा ९ मा पढ्दै गरेकी अनेरास्ववियु संगठनमा आबद्ध विद्यार्थी सम्झना दाहाललाई गोलि हानी सिन्धुलिको धुराबजारमा निर्ममतापुर्वक हत्या गरिएको भन्दै उनलाई शहिद घोषणा गर्न सभामा जनप्रनिधि समक्ष माग गरिएको छ ।

 

शहिद सम्झना दाहालको स्मृति दिवसमा उनि प्रती उच्च सम्मान गर्दै, उनले देखाएको सङ्घर्षको बाटोमा लाग्ने प्रेरणा साथै शक्ति र सत्ताको आडमा गरिएका हरेक गलत कृयालापको विरुद्ध विद्यार्थी आन्दोलनले थप उचाइ लिने साहस सबैमा मिलोस भनि सभाका प्रमुख अथिती केशव देवकोटाले उनलाई सहिद घोषणा गर्न बाम सरकारसंग माग गरे ।

 

 

स्मृतिसभा कार्यक्रममा प्रदेश सांसद राजन दाहाल, बिनोद खड्का र सहिद परिवार(पिता) शेषराज दाहाल, (माता)इन्दिरा दाहाल विधार्थी लगाएतको उपस्थिती रहेको थियो । अनेरास्ववियुले शहिद सम्झना दाहालको सम्झनामा सिन्धुली जिल्लामा शहिद स्मृति पार्क निर्माण गर्ने र शहिद घोषणा गर्न पहल गर्ने प्रस्ताव स्मृतीसभामा राखेको छ । यस कार्यका लागी सहिद परिवारको तर्फबाट पार्क निर्माणको लागी रु. दश लाख सहयोग गर्ने प्रतिबद्धता सहिद परिवारका पिता शेषराज दाहालले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com