ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खालिस्तानी गुरपतवन्त सिंह पन्नुको धम्कीः नोभेम्बर १ देखि १९ सम्म एयर इन्डियाबाट यात्रा नगर्नू


एबीसी न्यूज

काठमाडौं ५ कात्तिक ।  खालिस्तानी गुरपतवन्त सिंह पन्नुले हवाई यात्रुहरूलाई फेरि धम्की दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार पन्नुले नोभेम्बर १ देखि १९ सम्म एयर इन्डियाबाट उडान नगर्न धम्की दिएका हुन्। भारतमा विमानलाई लगातार बमको धम्की आइरहेका बेला उक्त धम्की आएको हो।

आइतबार पनि यस्तै धम्कीका कारण धेरै उडान प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

इन्डिया टुडेको रिपोर्टअनुसार सिख फर जस्टिसका प्रमुख पन्नुले यात्रुहरूलाई आगामी नोभेम्बर १ देखि १९ तारिखसम्म एयर इन्डियाको विमानमा यात्रा नगर्न चेतावनी दिएका छन्। गत वर्ष पनि पन्नुले यस्तो धम्की दिएका थिए। विशेषगरी अन्तर्राष्ट्रिय यात्रा गर्नेहरूलाई यस्तो चेतावनी दिने गरिएको छ।

१९८५ जुन २३ मा एयर इन्डियाको बोइङ विमानमा विस्फोट भएको थियो। जुन घटनाको तार खालिस्तानी चरमपन्थीसँग जोडिएको थियो।

शनिबार मात्रै ३० भन्दा बढी विमानलाई बमको धम्की
पीटीआईका अनुसार विभिन्न कम्पनीका ३० भन्दा बढी अलग(अलग स्थानका लागि भएका उडानमा बम रहेको धम्की आएका हछन्।

विभिन्न सामाजिक सञ्जालमार्फत एयर इन्डिया, इन्डिगो, आकाश एयर, भिस्टारा, स्पाइसजेट, स्टार एयर र एलायन्स एयरका ३० भन्दा बढी स्वदेशी तथा विदेशी उडानमा बमको धम्की आएको स्रोतले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com