ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको होइन, आफ्नै पार्टीको चिन्ता गर्नुहोस्- महासचिव शंकर पोखरेल


एबीसी न्यूज

काठमाडौं ५ कात्तिक ।   नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न आग्रह गरेका छन्।

पार्टीमाथि विभिन्न टिकाटिप्पणी भइरहेको बेला सोमबार महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत फरक पार्टीका नेता र कार्यकर्ताहरूले एमालेका भविष्यका बारेमा चिन्ता गरेको भन्दै अनेकन सुझावसहित एमालेले गरेका निर्णयहरूको आलोचना नगर्न भनेका छन्।

‘राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्नै पर्दैन नि,’ महासचिव पोखरेलले भनेका छन्, ‘नेकपा एमालेलाई कस्तो बनाउने नेकपा एमाले जनलाई नै छोडिदिन आग्रह गर्दै जनता के चाहन्छन्रु र राष्ट्रको आवश्यकता के होरु भन्ने विषय नेकपा एमालेलाई राम्ररी थाह छ।’

 

एमाले आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत रहेको उल्लेख गर्दै महासचिव पोखरेलले एमाले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको उल्लेख गरेका छन्।

‘कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो। त्यसका लागि नेकपा एमाले हरदम तयार छ,’ उनले भनेका छन्।

भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दान गरेको भनिएको जग्गामा एमालेले पार्टी कार्यालय बनाउने भएपछि पार्टीभित्र र बाहिरबाट चौतर्फी आलोचना भइरहेको छ।

पार्टी कार्यालय बनाउने निर्णय आइतबार साँझ बसेको सचिवालय बैठकले अनुमोदन समेत गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com