ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले ३४ दिन हिरासतमा राख्नसक्छ रवि लामिछानेलाई


एबीसी न्यूज

काठमाडौं २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार नै पक्राउ गर्ने प्रहरीले तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार अदालत समक्ष पक्राउ अनुमति माग गरेको थियो।

प्रहरीको माग अनुसार बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिव देखिएको भन्दै अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ ९३० बमोजिम लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ।

ठगी तथा संगठित अपराध सम्बन्धि मुद्दाको अनुसन्धानको लागि लालचन्द्र लामिछानेका छोरा काठमाडौँ महानगरपालिका ६ स्थायी वतन भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–८ हात्तिगौंडा बस्ने गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक ४९ वर्षको रवि लामिछानेलाई पक्राउ गरेर पठाइदिन कास्की प्रहरीले सीआईबीसहितका कार्यालयलाई पत्राचार गरेको छ।

 

पत्र प्राप्त भएलगतै विभिन्न कार्यालयका प्रहरी अहिले रास्वपाको कार्यालयमा पुगेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली पक्राउ गर्न पुगेको छ।

शुक्रबार नै पक्राउ परे लामिछानेले ३४ दिनसम्म प्रहरी हिरासतमा बस्नुपर्ने हुनसक्छ। संगठित अपराधमा समेत उनीविरुद्ध मुद्दा अगाडी बढाउन प्रहरीले अनुमति लिएको छ। ससंगठित अपराधमा अनुसन्धान गर्दा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ।

रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाउने तयारी
तर यसअघि असोज ६ गते पक्राउ परेका छविलाल जोशीसँगै मुद्दा दायर हुने भएकाले उनीहिरासतमा बसेको मितिबाट ६० दिन गणना हुन्छ।

जोशी २७ दिनदेखि हिरासतमा छन्। उनलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले शुक्रबार अनुमति दिएको छ।

अब लामिछाने लगायत १४ जना आरोपिहरुलाई पक्राउ गर्न प्रहरीले अनुमति पाइसकेकाले उनीहरुलाई पनि पक्राउ गर्दै प्रहरीले ६० दिनभित्रमा अनुसन्धान सकेर मुद्दा अदालत बुझाइसक्नुपर्छ।

उनीहरुविरुद्ध गत माघमा कृष्णप्रसाद जैशी लगायतका सूर्यदर्शन सकहकारीका पीडितले पुरक जाहेरी दिएका थिए। सूर्यदर्शन सहकारीको ठगीमा यसअघि जिबी भन्ने गितेन्द्रबाबु राईसहितविरुद्ध मुद्दा दायर भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com