ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला साफ : नेपाललाई भुटानसँग अपराजित रहने चुनौती


एबीसी न्यूज
कार्तिक २, २०८१ शुक्रबार  १० : ५७ बजे

काठमाडौं २ कात्तिक । महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आज शुक्रबार० भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रङ्गशालामा साँझ ५स्३० बजे सुरु हुने खेलमा नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । यसअघिका हरेक संस्करणमा भुटानमाथि हावी बन्दै आएको नेपाल तुलनात्मक रुपमा बलियो रहेको छ ।

यसअघि साफको ६ संस्करणमा नेपालले चारपटक भुटानसँग खेलेको थियो । जसमा नेपालले सतप्रतिशत जित निकालेको थियो ।

सन् २०१४ को तेस्रो संस्करणमा नेपालले भुटानलाई ८(०, सन् २०१६ को चौथो संस्करणमा ८(०, सन् २०१९ को पाँचौँ संस्करणमा ३(० र सन् २०२२ को छैटौँ संस्करणमा ४(० ले हराएको नेपाललाई अपराजित शाख जोगाउने चुनौती पनि छ ।

पछिल्लो समय भुटानले फुटबल खेलमा राम्रो लगानी गरेकोले भुटानपनि नेपाललाई कडा टक्कर दिने लक्ष्यमा छ । नेपालका प्रशिक्षक राजेन्द्र तामाङले भुटान पछिल्लो समय राम्रो भएकोले सजग भएर खेल्ने बताउनुभयो ।

‘‘नेपालको एउटै लक्ष्य उपाधि हो । हरेक पटक फाइनलमा पराजित भएको तितो क्षणलाई यस पटक बिर्साउने योजनामा छौँ । टिमको रूपमा जस्मा १५ दिन तयारी गरेका छौँ । तर पनि टोलीमा अनुभवी खेलाडी भएकोले हरेक खेल जितका लागि खेल्नेछौँ,’’ तामाङले भन्नुभयो ।

भुटानकी मुख्य प्रशिक्षक निकोला डेमाइनले नेपालसँग खेल्दा दबाब नहुने बताउनुभयो । ‘‘मैदानमा हाम्रो प्रयास जितका लागि हुनेछ । घरेलु मैदानमा जित्ने दबाब घरेलु टिमलाई नै हुन्छ । नेपाल बलियो छ, तरपनि हामी राम्रो फुटबल खेल्दै नजिता निकाल्न चाहन्छौँ,’’ अष्ट्रेलियन मुलकी प्रशिक्षक निकोलाले भन्नुभयो ।

कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलङ्का रहेका छन् । बिहीबार भएको समूह ‘ए’ को पहिलो एवं उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५(२ गोलले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

सम्बन्धित

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

संयुक्त राष्ट्रसंघको अपिल — “असल नियतका साथ वार्तामा बस्नू”

“अमेरिकामाथि भरोसा छैन” — इस्लामाबादमा इरानी सभामुख गालिबाफको कडा सन्देश

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

सुशासनको डंका पिट्नेहरू नै सम्पत्ति लुकाउँदैछन्:शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com