ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनौती समाधानका लागि गठबन्धन : एमाले महासचिव पोखरेल


एबीसी न्यूज

काठमाडौं १ कार्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको राजनीतिमा देखिएको सबैभन्दा जटिल र चुनौतीपूर्ण समस्यालाई हल गर्न नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य भएको बताउनुभएको छ ।

एमाले बाँके क्षेत्र नम्बर १ क्षेत्रीय समन्वय कमिटीले बिहीबार कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा महासचिव पोखरेलले बहुदलीय व्यवस्था पुनस्र्थापनापछिका ३४ वर्षमा २८ पटक प्रधानमन्त्री हुनु आफैमा गम्भीर विषय भएको बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘देश बन्नका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक पार्टी र राजनीतिक स्थायित्व आवश्यक हुन्छ, जुन नेपालमा हालसम्म देखिएको छैन ।’

उहाँले पछिल्लो समय राजनीतिमा देखिएका समस्यालाई समाधानका लागि प्रमुख दुई राजनीतिक दलबिच सरकार सञ्चालनमा सहकार्य भएको प्रष्ट पार्नुभयो ।

राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्यका लागि वर्तमान सत्ता गठबन्धन बनेको उहाँको भनाइ छ । एमाले र कांग्रेसको गठबन्धन भएपछि मिसन ८४ पहिलो प्राथमिकता रहेको महासचिव पोखरेलले बताउनुभयो ।

भारत र चीनमा बलियो राजनीतिक शक्ति र राजनीतिक स्थायित्व भएकाले ती देश विश्वमै विकासको हिसाबले अगाडि बढ्न सकेको बताउनुभयो ।

आगामी निर्वाचनबाट एमालेलाई निर्णायक राजनीतिक शक्ति बनाउन आवश्यक भएको भन्दै उहाँले यसमा असफल हुने छुट कसैलाई नभएको दाबी गर्नुभयो । हरेक वडामा कम्तिमा मतदाताको ३ प्रतिशत पार्टी सदस्य बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले हरेक कमिटीमा पार्टीलाई एकताबद्ध बनाउन सकेमात्र मिसन ८४ सफल हुने दाबी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com