ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण


एबीसी न्यूज

काठमाडौं १ कार्तिक । बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

बिहीबार बिहान साढे ६ बजे बुद्ध यएरको उडान नम्बर १०० नाइन एन एजेएस जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएको हो।

‘इन्जिनमा प्राविधिक समस्या देखिएपछि जहाजलाई डाईभर्ट गरी काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। हाम्रो प्राविधिक टोलीले जहाजको जाँच गरिरहेको छ,’ बुद्ध एयरले सामाजिक सञ्जाल एक्समा लेखेको छ।

 

बिहान साढे ६ बजे माउन्टेन प्लाइटका लागि उडेको जहाज झण्डै १५ मिनेटपछि सुरक्षित अवतरण गरेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।

‘आजको माउन्टेन फ्लाइटमा प्रतिकूल मौसमको कारण हिमालका चुचुराहरू पनि देखिएका थिएनन्,’ प्रवक्ता कर्णले  भने, ‘हिमाल नै नदेखिएपछि काठमाडौँ फर्किँदै गर्दा जहाजको दायाँ इन्जिनको इन्डिकेटरमा केही संकेत देखिएको थियो। माउन्टेन फ्लाइटको क्रममा नभएर हिमाल नदेखिएपछि काठमाडौँ फर्किने क्रममा जहाजको इन्जिनमा पनि समस्या रहेको देखिएको हो।’

कर्णले जहाजमा ३५ यात्रु सवार रहेको जानकारी दिए। ती यात्रुलाई अर्को दिन आजकै भाडामा पुनः माउन्टेन फ्लाइट गराइने उनले बताए। ‘अर्को माउन्टेन फ्लाइटमा जान नचाहने यात्रुको पैसा हामी फिर्ता गर्छौं,’ प्रवक्ता कर्णले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com