ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँको नयाँबस्तीमा एक पुरुषको हत्या, आरोपी तीन जना पक्राउ


एबीसी न्यूज

काठमाडौं ३० असोज । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा कुटपिटबाट एक पुरुषको हत्या भएको छ।

नयाँबस्तीको लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेतको लेकबेसी गाउँपालिका २ का ४३ वर्षीय होमबहादुर फौजामगरको हत्या भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

होमबहादुर हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ मा बसोबास गर्दै आएका थिए।  स्थानीयले होमबहादुरलाई उक्त स्थानमा अचेत अवस्थामा फेला पारेका थिए। शरीरमा घाउचोट थियो।

त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले उनलाई उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पतालमा पठाएको थियो। तर उनको मंगलबार दिउँसो साढे ३ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी अधिकारीले जानकारी दिए।

घटनाको अनुसन्धानका क्रममा उनको हत्या तीन जनाले गरेको खुलेको र उनीहरुलाई पनि पक्राउ गरिसकेको एसपी अधिकारीले बताए। कुटपिट गरी अचेत अवस्थामा भागेका तीनै जनालाई प्रहरीले मंगलबार बेलुका नै पक्राउ गरिसकेको छ।

पक्राउ पर्नेमा पाँचथरको तुम्लिङ गाउँपालिका ५ घर भई हाल बुढानिलकण्ठ नगरपालिका १० कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ६ घर भई हाल कपन बस्ने ३५ वर्षका भुवन श्रेष्ठ र इलामको माई नगरपालिका २ घर भई हाल नयाँबस्ती बस्ने २७ वर्षकी बिमला भट्टराई हत्या आरोपमा पक्राउ परेका हुन्।

उनीहरूलाई प्रहरी बृत्त बौद्धको हिरासतमा राखेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडी बढाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com