ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले पार्टी कार्यालय प्रकरणमा प्रधानमन्त्री ओली र गुरुङको शाख उठेन- खतिवडा


एबीसी न्यूज

काठमाडौं २९ असोज । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको केन्द्रीय कार्यालय भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले निर्माण गर्ने विषयको आलोचना सत्तासहयात्री कांग्रेसका नेताहरूले पनि गर्न थालेका छन् । एमालेको पार्टी कार्यालय निर्माणको विषयले प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी तथा समाजसेवी गुरुङको शाख गिरेको रूपमा सत्तारुढ कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य खतिवडाले एमाले केन्द्रीय कार्यालय निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । आफूले एमालेको पार्टी केन्द्रीय कार्यालय निर्माणको विषयमा नलेखी बस्न नसकेको पनि खतिवडाले लेखेका छन् । नेकपा एमालेको पार्टी अफिस प्रकरणमा प्रधानमन्त्री केपी ओली र समाजसेवी मीनबहादुर गुरुङ दुवैको शाख उठेन । के हुँदैछ आफैले बुझ्दा अझ राम्रो । केही नलेखेर बस्न मन थियो तर मन मानेन, खतिवडाले लेखेका छन् ।

बाढीपहिरोले जनता मारमा परेको बेला सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको पार्टीलाई व्यापारीले अर्बौंको पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने विषय रहेको भन्दै खतिवडाले टिप्पणी गरेका हुन् । उनले ओली र गुरुङलाई प्रश्न गरेका छन्, यो समयमा विपत्ती पीडितलाई दुवै जनाले सहयोग गरेको भए कति राम्रो हुन्थ्यो होला रुु

भाटभटेनीका सञ्चालक गुरुङले कीर्तिपुरमा एमालेका लागि पार्टी कार्यालय दान दिने भएका छन् । गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा दसैंको अघिल्लो दिन प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय कार्यालय शिलान्यास गरेका थिए । उक्त जग्गामा केन्द्रीय कार्यालय आफ्नै पैसाले बनाएर गुरुङले एमालेलाई दान दिने गरी काम अघि बढेको हो । एमाले केन्द्रीय कार्यालय २०८२ को दसैं अघि निर्माण सम्पन्न गरेर एमालेलाई हस्तान्तरण गरिने बताइएको छ ।

एमालेको कार्यालय व्यापारीलाई बनाउन दिने कुराको आलोचना भइरहेको छ । एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डले पार्टी कार्यकर्ता र मतदाताको अपमान हुने गरी केन्द्रीय कार्यालय व्यापारीबाट दानमा लिने निर्णय सच्याउन माग गरेकी छन् । यस प्रकरणमा सत्ता सहयोगी कांग्रेस नेताले पनि टिप्पणी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com