ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फालेलुङका बाढीपहिरो प्रभावितलाई राहत वितरण


एबीसी न्यूज

काठमाडौं २७ असोज । पाँचथरको फालेलुङ गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण सुरु गरिएको छ । असोज १२ गतेको बाढीपहिरोका कारण विस्थापित भएका घर परिवारलाई राहत वितरण गर्न थालिएको हो ।

फालेलुङ गाउँपालिका, जिल्ला विपत् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, हेल्भेटास नेपाल आदी संस्थाले एकद्वार प्रणालीमा आबद्ध भई राहत वितरण गरेका हुन् ।

गाउँपालिकाको वडा स्तरीय सर्वेक्षण र प्रहरीले तयार पारेको प्रतिवेदनको आधारमा राहत प्रदान गरिएको रेडक्रस सोसाइटी पाँचथरका कार्यकारी अधिकृत गुरुराज तिम्सिनाले जानकारी दिनुभयो ।

फालेलुङ गाउँपालिका केन्द्र थकेपुङमा पायक पर्ने प्रभावितहरूलाई राहत प्रदान गर्दै शुक्रबार सुरु गरेर वडा वडामा पुगी वडाकै जनप्रतिनिधिको रोहवरमा पीडितलाई राहत वितरण गर्ने क्रम जारी रहेको तिम्सिनाको भनाइ छ ।

वडा नम्बर २,३ र ४ का पीडितलाई पालिका केन्द्र थकेपुङ र ५ र ६ का प्रभावितहरूलाई ६ नम्बर वडा कार्यालयमा झिकाएर राहत प्रदान गरिएको थियो ।

यसअघि हाम्रो सहारा पाँचथरले पनि राहत प्रदान गरेको थियो । भाँडाकुँडा र खाद्यान्न सहितको सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष गजेन्द्र राईले जानकारी दिनुभयो । हालसम्म फालेलुङका ५८ घर परिवारलाई राहत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा प्रकाश अधिकारीले जानकारी दिनुभयो । विपद् व्यवस्थापन समितिले प्रभावित परिवार सङ्ख्याको आधारमा रकम प्रदान गरिरहेको छ ।

अधिकारीका अनुसार ५ जनाभन्दा धेरै सदस्य भएको परिवारलाई २० हजार र ५ जनाभन्दा कम सदस्य भएको परिवारलाई १५ हजारको दरले राहत रकम उपलब्ध गराएको छ ।

त्यस्तै गाउँपालिकाले प्रभावितलाई सुरक्षित स्थानमा राख्ने र खाद्यान्न सहित औषधीहरू उपलब्ध गराएको पालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिनुभयो । रेडक्रसले नन फुड आइटम वितरण गरिरहेको छ भने हेल्भेटास नेपालले खाद्यान्न सहितका आवश्यक सामग्रीहरू पालिकालाई उपलब्ध गराएको छ ।

फालेलुङमा तीन सय बढी घरपरिवार विस्थापित भएका छन् । विस्थापितहरूलाई राहत प्रदान गर्ने र पुनर्स्थापना गर्ने काम क्रमशः भइरहेको थाम्सुहाङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com