ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा २ मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते


एबीसी न्यूज

काठमाडौं २७ असोज ।   झापामा तीब्र गतिका दुई मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। कमल गाउँपालिका र मेचीनगर नगरपालिकामा गएराति र आज बिहान भएका सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको हो।

गएराति १२ बजे कमल गाउँपालिका ४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

मृत्यु हुनेमा झापाकै शिवसताक्षी नगरपालिका वडा नम्बर ८ घर भएका ३३ वर्षीय अनिल कुमार लिम्बु र सोही ठाउँमा २० वर्षीय सोमराज लिम्बु छन्।

 

‘दुर्घटनामा गम्भीर घाइते भएका लिम्बुद्वयलाई प्रहरीले उपचारको लागि राति नै दमक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्,’ डीएसपी चन्दले भने।

दुर्घटनाको खबरपछि प्रहरी चौकी केर्खाबाट गएको प्रहरी टोलीले उनीहरुलाई अस्पताल पुर्याएका थिए। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

त्यसैगरी आज बिहान करिब साढे ६ बजे झापाको मेचीनगर नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा तीव्र गतिमा रहेको प्रदेश नम्बर १(०१(०१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका(७ बस्ने अन्दाजी ५० वर्षीय बिगेन राजबंसी छन्। उनी साइकल चालक हुन्।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर( ६ घर भएका २० वर्षीय अभिशेक लिम्बु र मोटरसाइकलको पछाडी सावार सोही ठाउँका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका तीनैजनालाई उपचारको लागि बिर्तामोडमा रहेको बीएन्डसी अस्पतालमा पुर्याइएको थियो। घाइतेमध्ये साइकल चालक राजबंसीको उपचारको क्रममा मृत्यु भएको हो। घाइते दुवै युवकको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com