ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्बौँ लगानी मा साउदीमा बन्दै छ संसारकै अग्लो टावर


एबीसी न्यूज
आश्विन २५, २०८१ शुक्रबार  ४ : २९ बजे

काठमाडौं २५ असोज । प्रस्तावित जेद्दा टावर अबको केही वर्षभित्रै संसारकै अग्लो भवन बन्दै छ।  विगत ७ वर्षको विलम्बपछि पुनः यसको निर्माण सुरु भएको हो।

भ्रष्टाचारविरोधी क्रियाकलापका कारण यसको निर्माण स्थगित भएको थियो।  यही असोज १७ मा परियोजना विकास क्षेत्र जेद्दा इकोनोमिक कम्पनी ९जेईसी०मा एक कार्यक्रम आयोजना गरी सन् २०२८ भित्रै यसको निर्माण पूरा गर्ने घोषणा गरिएको छ।

१००० मिटर अग्लो गगनचुम्बी भवन सन् २०१७ मै एक तिहाइ निर्माण सम्पन्न भइसकेको थियो। त्यही बेला यसका मुख्य ठेकेदार र यसमा सहलगानी गरेको विकासकर्ता समूह दुवैका मुख्य व्यक्ति साउदी राजकुमार मोहम्मद बिन सलमानको भ्रष्टाचारविरोधी अभियानका क्रममा समातिए। यो परियोजनामा भ्रष्टाचार भएको भन्दै उनीहरुमाथि सयौँ प्रश्न गरिएको थियो।

उनीहरु समातिएपछि पनि यसको काम चलिरहेकै थियो। तर सन् २०१८ यता भने काम रोकिनपुग्यो। यसका बाबजुद जेईसीले काम चलिरहने बताए पनि कोभिड १९ को महामारीले दिएन।

यो हप्ताको नयाँ घोषणाका क्रममा त्यतिबेला समातिएकामध्ये एक साउदी राजकुमार अलवालिद बिन तलाल पनि उपस्थित थिए। उनी किंग्डम होल्डिङ कम्पनीका प्रमुख समेत हुन् भने यो परियोजनाका मुख्य लगानीकर्ता पनि रहेका छन्। समातिएको ३ महिनामा उनी छुटेका थिए।

यो घोषणापछि अलवालिदले सामाजिक सञ्जाल एक्समा टावरको डिजिटल तस्बिर पोस्ट गर्दै ‘हामी फर्किएका छौँ’ लेखेका थिए।

समातिनेमध्ये अर्का व्यक्ति यही परियोजनाका मुख्य ठेकेदार साउदी बिनलादेन ग्रुपका बकर बिन लादेन पनि हुन्। उनी कुख्यात ओसामा बिन लादेनका नाताले भाइ पर्ने व्यक्ति हुन्। लादेन पनि २०२१ मा ३ वर्षको जेलजीवनबाट मुक्त भएका थिए। जेद्दा टावर परियोजनामा उनको पारिवारिक कम्पनीको पनि सेयर लगानी छ। यसैले टावर तयार गर्ने जिम्मा पाएको छ।

सन् २०१८ मा जेद्दा टावरको काम बीचैमा रोकिनपुगेको थियो  शटरस्टकरई पीएरईएफईसन् २०१८ मा जेद्दा टावरको काम बीचैमा रोकिनपुगेको थियो (शटरस्टक/ईपीए/ईएफई)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com