ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो


मनिषा लामिछाने

भक्तपुर । भक्तपुरका नेवाः समुदायले आज फूलपाती भित्र्याएका छन् । फूलपातीदेखि विजया दशमीसम्मको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा आज फूलपाती भित्र्याइएको हो ।     

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो नगर क्षेत्रमा २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाउन आह्वान गर्दै नगरपालिकाले आजैदेखि सार्वजनिक बिदा दिएको थियो । नयाँ तालिकानुसार भक्तपुरमा यसवर्षको दसैँको फूलपाती आज बिहान ७ः३४ को शुभसाइतमा गर्ने र दिनभर फूलपाती भित्र्याएपछि घरघरमा मासु भित्र्याउने र साँझ भोज खाने परम्परा छ । 

यहाँका नेवाः समुदायले आज बिहान ७ः३४ बजेदेखि सप्तमी अर्थात फूलपाती मनाउने, आश्विन २४ गते बिहीबार बिहान ७ः२७ बजेदेखि अष्टमी पूजा गरी कुलछि भोय् गर्ने, आश्विन २५ गते शुक्रबार बिहान ६ः५२ बजेदेखि महानवमी पूजा (स्याक्व् त्याक्व्), (ताँःपूजा) गर्ने र आश्विन २६ गते शनिबार विजयादशमी पूजा गरी टीका ग्रहण गर्ने निर्णय गरेको हो ।    

भक्तपुर तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्यलगायत स्थानीय पूजारीहरूले विज्ञप्ति जारी गरी  असोज २३ गते फूलपाती मनाउने निर्णय गरेको थियो । तलेजुका मूल नाइके, पूजारी एवं सरोकारवाला व्यक्तिले उक्त निर्णय सार्वजनिक गरेपछि भक्तपुरवासीले आज फूलपाती भित्र्याएका हुन् । 

नगरप्रमुख प्रजापतिले भक्तपुर तलेजुका पुजारी एवं तान्त्रिक ज्योतिषहरुको अध्ययनबाट प्राप्त विषयलाई आधार मानेर आज फूलपाती मनाउन आह्वान गरेको बताए। स्थानीय व्यासी निवासी एवं पातञ्जल योग समितिका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालले नेवारी परम्पराअनुसार आज फूलपाती भित्र्याएर कुछी भोज सुरु गरेको बताए।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने विसं २०८१ को दसैँ असोज २४ गते फूलपाती भित्र्याउने शुभसाइत बिहान ७ः११ बजे, असोज २५ गते एकैदिन महाअष्टमी, कालरात्रि र महानवमी तथा असोज २६ गते बिहान ८ः३३ बजे देवी विसर्जन र टीका लगाउने उत्तम साइत ११ः३६ बजे रहेको तालिका समितिले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com