ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा आयो अर्को शक्तिशाली आँधी, ज्यान जोगाउन बाइडेनको आग्रह


एबीसी न्यूज
आश्विन २३, २०८१ बुधबार  ३ : ३३ बजे

काठमाडौं २३ असोज । अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ नामको शक्तिशाली आँधीले आतंक फैलिएको छ।

फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ अघि बढिरहेको मिल्टन अझै शक्तिशाली बनेको र आज ९बुधबार० राति पूर्ण शक्तिका साथ जमिनमा बज्रिने अनुमान गरिएको छ।

बीबीसीका अनुसार अमेरिकी मौसमविद्हरूले पाँचौँ श्रेणीको शक्तिशाली आँधी भनेका छन्। स्थानीयले पनि यस्तो शक्तिशाली आँधी यसअघि कहिल्यै नआएको बताएका छन्।

 

सम्भवतः यो शताब्दीकै शक्तिशाली आँधी हुनसक्ने अनुमान गरिएको छ। यसको सबैभन्दा बढी प्रभाव फ्लोरिडामा पर्ने भएकाले त्यहाँ आपत्‌काल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ।

आँधीकै कारण बुधबारका लागि निर्धारित १ हजार ५०० उडान रद्द गरिएको छ।

राष्ट्रपति जो बाइडेनले आँधीबाट प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

प्रभावति क्षेत्रका नागरिकलाई ज्यानको सुरक्षा गर्न अपिल गर्दै बाइडेनले भनेका छन्, ‘यो जीवन र मरणको सवाल हो। यो फ्लोरिडामा आएको शताब्दीकै सबैभन्दा भयंकर आँधी हुनसक्छ।’

यस आँधीको सबैभन्दा बढी असर फ्लोरिडामा पर्ने अमेरिकी मौसमविद्हरूले बताएका छन्।

यसै कारण फ्लोरिडा प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ।

यस आँधीले फ्लोरिडाको बाक्लो बस्ती भएको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउनसक्ने र १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।

केही दिन अघिमात्रै अमेरिकामा आएको हेलेन आँधीले २०० जनाभन्दा बढीको ज्यान लिएको थियो।

अमेरिकामा हेलेन आँधीका कारण मृत्यु हुनेको संख्या २०० नाघ्यो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com