ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसपालि दसैँमा देखिएन मनसुन बाहिरिने संकेत


मनिषा लामिछाने

काठमाडौँ ।  यसपालि दसैँमा मौसम सफा नरहने अर्थात् मनसुन (पानी पार्ने प्रणाली) नहट्ने सम्भावना बढेको छ।

मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। जुन मिति भोलि (बुधबार) हो।

तर आगामी ३ दिनसम्म मनसुन बाहिरिने कुनै संकेत नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी बताउँछन्।

‘हामी सामान्यतया ३ दिनसम्मको मौसम विश्लेषण गर्छाैं, जसका आधारमा भन्नुपर्दा कम्तीमा आगामी ३ दिनसम्म मनसुन बाहिरिने सम्भावना पटक्कै छैन।’

उनका अनुसार दसैँ आउँदासम्म पश्चिम नेपाल (गण्डकीदेखि पश्चिमतर्फका प्रदेश) मा मौसम केही सफा हुने सम्भावना देखिए पनि मध्य र पूर्वी नेपाल अर्थात् गण्डकीदेखि पूर्व कोसी प्रदेशसम्म वर्षा जारी रहने सम्भावना छ।

‘तर त्यस्तो आत्तिनुपर्ने खालको झरी हुँदैन’, मौसमविद् अधिकारीले भने, ‘हल्कादेखि मध्यमसम्म वर्षा हुनसक्छ।’

त्यसो त गत वर्षहरूमा पनि मनसुन औसत मितिभन्दा दुई हप्तासम्म ढिलागरी बाहिरिएका उदाहरण पनि छन्।

‘जस्तो : २०७० सालमा मनसुन कात्तिक २ गते (अक्टोबर १९) मा बाहिरिएको थियो, यसैगरी २०६५ मा पनि मनसुन कात्तिक १ गते (अक्टोबर १७) मा बाहिरिएको थियो’, मौसमविद् अधिकारीले भने, ‘यसपटक पनि मनसुन बाहिरिन ढिला हुने त निश्चितै भइसक्यो, किनभने मनसुन बाहिरिने औसत मिति भोलि (अक्टोबर २) नै हो।’

तर केही दिनअघिजस्तो लगातार र भीषण वर्षाको सम्भावना भने नरहेको उनको दाबी छ।

‘म सबैलाई के भन्न चाहन्छु भने मनसुन नबाहिरिए पनि दसैँमा त्यस्तो आत्तिन पर्ने खालको अवस्था आउँदैन’, उनले भने।

मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो भने बाहिरिने औसत मिति अक्टोबर २ हो। तर यसपालि मनसुन ३ दिन छिटो अर्थात् जुन १० तारिखमै नेपाल भित्रिएको थियो।

नेपालको पूर्वबाट प्रवेश गरेर पश्चिम फैलिँदै जाने मनसुन बाहिरिँदा पनि पूर्वबाटै बाहिरिन्छ। मनसुन बाहिरिएपछि बर्खा सकिएको मानिन्छ।

त्यसपछि पोस्ट मनसुन सिजन सुरु हुने मौसमविद् बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com