ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री


एबीसी न्यूज
आश्विन ११, २०८१ शुक्रबार  ४ : ५४ बजे

काठमाडौं ११ असोज । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० को मुख्यालय, टोक्योमा शुक्रबार भएको मतदानमा पूर्व रक्षामन्त्री इशिबा नयाँ नेता चुनिएका हुन् ।

६७ वर्षीय इशिबाले २१५ मत पाउँदा उनका प्रतिस्पर्धी शानाइ ताकाचीले १९४ मत पाएकी थिइन् । यदि ताकाचीले जितेको भए उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने थिइन् ।

पहिलो चरणको प्रतिस्पर्धामा त ४३ वर्षका शिन्जिरो कोइजुमी थिए, योे युद्धपछि जापानको इतिहासमा सबभन्दा कम उमेरको प्रधानमन्त्री बन्ने प्रयासमा थिए । कोइजुमीसहित ७ जना उम्मेदवार पहिलो चरणको मतदानबाट बाहिरिए भने दोस्रो चरणमा ताकाची ।

एलडीपीको नेता चुनिएका इशिबाले अर्को साता फुमियो किशिदाको स्थान लिनेछन् । प्रधानमन्त्री किशिदा र उनको सबै मन्त्रीहरुले मंगलबार राजीनामा दिएका थिए ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि लगभग निर्वाध शासन गरेको एलडीपीले आम चुनाव अगाडि नयाँ प्रधानमन्त्री बनाएर जनताको विश्वास जित्न खोजेको मानिएको छ ।

किनकी जापानमा अर्को अक्टोबरमा चुनाव हुनेछ । र, बढ्दो महँगीका साथसाथै कठिन जनसांख्यिक अवस्था र श्रमको मुद्दालाई लिएर जनतामा असन्तुष्टि छ । त्यसमाथि श्रृङ्खलावद्ध भ्रष्टाचार स्क्याण्डलका कारण पार्टीको अप्रभुल रेटिङ निकै घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com