ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयां शक्तिको १७ सदस्यीय सचिवालय गठन, ०७५ महाधिवेशन वर्ष


ABC NEWS

काठमाडौं २१ फागुन । नयां शक्ति नेपालले डा. बाबुराम भट्टराईको संयोजकत्वमा १७ सदस्यीय सर्वाधिकार सम्पन्न सचिवालय गठन गरेको छ ।
नयाँ शक्ति पार्टी, नेपालको लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले ०७५ साललाई महधिवेशन वर्ष बनाउने निर्णय गरेको वक्तव्यमा जनाइएको छ ।
बैठकले सूचना तथा सञ्चार विभागको जिम्मेवारी भट्टराईका सहयोगी विश्वदिप पाण्डेलाई दिएको छ।
नयां शक्ति नेपालले जारी गरेको वक्तव्य को पूर्ण पाठ
‘नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठक (फाल्गुण ९–१२) द्वारा पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठक २०७४ फाल्गुण १९–२० गते पार्टी संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा काठमाडौंमा बस्यो । बैठकका महत्वपूर्ण निर्णयहरु सम्बन्धित सबैको जानकारीका लागि प्रेस–वक्तव्य मार्फत् सार्वजनिक गरिएको छ ।

१. वैठकले लुम्बिनी विस्तारित बैठकबाट प्राप्त सुझावहरुका आधारमा परिमार्जन सहित राजनीतिक प्रतिवेदन पारित गर्‍यो ।

२. बैठकले निम्न बमोजिम १७ सदस्यीय सचिवालय गठन गरेको छ:
१. डा. बाबुराम भट्टराई, २. कल्पना धमला, ३. केशव दाहाल ४. कृष्णकुमार चौधरी, ५. गंगानारायण श्रेष्ठ, ६. डम्बर खतिवडा, ७. डा. केशवमान शाक्य, ८. दुर्गा सोव, ९. देवीप्रसाद ओझा, १०. नवराज सुवेदी, ११. परशुराम खापुङ, १२. राजेन्द्रकुमार किराँती, १३. रामरिझन यादव, १४. रुद्रबहादुर गुरुङ, १५. सरुण बाठा मगर, १६ हिसिला यमी, १७. संरक्षक परिषद्को संयोजक ।

३. निम्नबमोजिम प्रादेशिक इन्चार्ज र संयोजकको जिम्मेवारी तय गरियो:
प्रदेश – इन्चार्ज / संयोजक
१. राजेन्द्रकुमार किराँती / देवराज भण्डारी
२. रामरिझन यादव / सुशील यादव
३. गंगानारायण श्रेष्ठ / सोनामसिं स्याङतान
४. रुद्रबहादुर गुरुङ्ग / देवीप्रसाद सुवेदी
५. नवराज सुवेदी / दानबहादुर चौधरी
६. कर्णाली प्रदेश – सरुण बाठा मगर / रामबहादुर बोहरा
७. कृष्णकुमार चौधरी / प्रकाशबहादुर साउद
८. प्रवास – हिसिला यमी / धनबहादुर गुरुङ्ग

४. प्रशान्त सिंह र डम्बर खतिवडालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरियो । केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी राजु नेपाललाई दिने निर्णय गरिएको छ ।

५ परशुराम खापुङ संयोजक रहने गरी अनुगमन तथा मूल्यांकन विभाग, देवी ओझा संयोजक रहने गरी राजनीतिक संवाद तथा जनपरिचालन विभाग, केशव दाहालको संयोजकत्वमा उत्पादन तथा स्वरोजगार विभाग, डा. राजेन्द्र केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा स्रोत परिचालन विभाग, करिष्मा मानन्धरको संयोजकत्वमा साँस्कृतिक विभाग, विश्वदीप पाण्डेको नेतृत्वमा सूचना तथा सञ्चार विभागलगायत १९ वटा विभाग गठन गरिएको छ ।

६. अनुशासन तथा सदाचार आयोगको प्रमुख आयुक्तमा महेन्द्र श्रेष्ठ, निर्वाचन आयोगको प्रमुख आयुक्तमा कृष्णप्रसाद शर्मा र लेखापरीक्षण आयोगको प्रमुख आयुक्तमा वीके मान सिंह नियुक्त हुनु भएको छ ।

७. आंगिक संगठन, पेशागत संगठन, विशेष संयन्त्रका फ्र्याक्सन इञ्चार्जहरु तोकिएको छ । आंगिक संगठनको संयोजकको जिम्मा कल्पना धमलालाई दिइएको छ । त्यसैगरी सम्पर्क संयन्त्रको इञ्चार्ज ईश्वर रिजाल र राष्ट्रिय मामिला संयन्त्रको जिम्मेवारी पञ्चलाल महर्जनलाई दिइएको छ ।

८. चैत्र ५ गते प्रदेश १ र २ को संयुक्त भेला लहानमा, चैत्र ७ गते प्रदेश ३ र ४ को संयुक्त भेला चितवनमा र चैत्र १० गते प्रदेश ५, ६ (कर्णाली प्रदेश) र ७ को संयुक्त भेला नेपालगञ्जमा गर्ने निर्णय गरियो ।

९. संघीय तथा प्रादेशिक संसदमा पार्टीले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने, पार्टीले विजय हासिल गरेको गाउँपालिका र वडाहरुमा नमुना विकास कार्यक्रम लागू गर्ने र अन्य सबै स्थानीय तहमा निगरानी समूहका रुपमा ‘वैकल्पिक सरकार’ गठन गरी सूचनाको हक र जनसरोकारको सवालमा जनपरिचालन गर्ने निर्णय गरियो ।

१०. २०७५ लाई पार्टीको महाधिवेशन वर्ष बनाउने र सो अनुसार भाद्र र असोजमा स्थानीय तहको सम्मेलन, मंसीर र पुसमा प्रादेशिक अधिवेशन र फागुन १०–१५ मा संघीय महाधिवेशन गर्ने निर्णय गरियो ।

अन्त्यमा, सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध गर्ने र वैकल्पिक राजनीतिलाई बलियो बनाउने संकल्प गर्दै बैठक समापन गरियो ।

धन्यवाद ।

………………….
विश्वदीप पाण्डे
प्रमुख
सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग

डाउनलोड

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com