ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्वाड बैठकमा बाइडेनले भने : चीनले जहीँतहीँ हाम्रो नाडी छामिरहेको छ


एबीसी न्यूज
आश्विन ६, २०८१ आईतबार  ४ : ५३ बजे

काठमाडौं ६ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्वाड नेताहरूसँग चीनले जहाँतहीँ ‘हाम्रो नाडी छामिरहेको’ टिप्पणी गरेका छन्। बन्द कोठाभित्र गोप्यरूपमा गरिएको सो टिप्पणी खुला माइकमा सुनिन पुगेको हो।

उनको यस्तो टिप्पणीलाई चीनको नाम नलिई बेइजिङलाई नचिढ्याउने क्वाडको प्रयासमा धक्का पुग्ने देखिएको छ।

बाइडेनले डेलावेयर राज्यको विल्मिङटनमा आफ्नो अन्तिम क्वाड शिखर बैठक आयोजना गरेका छन्। बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री फुमियो किसिदा र अस्ट्रेलियाली प्रधानमन्त्री एन्टोनी अल्बानिज सहभागी छन्।

‘चीन आक्रामक तरिकाले प्रस्तुत भइरहेको छ। सिंगो क्षेत्रमा हाम्रो नाडी छामिरहेको छ। दक्षिण चीन सागर, पूर्वी चीन सागर, दक्षिण एसिया र ताइवान जलसन्धिमा,’ बन्द कोठाभित्र आपसी छलफलका क्रममा बाइडेनले भने।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो ध्यान घरेलु आर्थिक चुनौतीमा केन्द्रित गरिरहेको उनको भनाइ थियो।

‘तर, उनी मेरो विचारमा चीनको स्वार्थपूर्तिका लागि आक्रामक रूपले केही कूटनीतिक स्थान खोज्ने कोसिसमा छन्,’ बाइडेनले भनेका छन्।

क्वाडको संयुक्त घोषणामा भने चीनको नाम प्रत्यक्षरूपमा लिइएको छैन। उनीहरूले चीनको प्रतिकारका लागि यो समूह नबनाएको दाबी गर्दै आएका छन्।

बाइडेनले बैठकको सुरुमा आगामी चुनावलाई संकेत गर्दै राजनीति जेसुकै भए पनि क्वाड कायम रहने बताएका छन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com