ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैँका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?


मनिषा लामिछाने

काठमाडौं ।  सरकारले चाडपर्वका लागि लक्षित गरी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुलाउन पहल सुरु गरेको छ ।

दशैँका लागि काठमाडौं उपत्यका हुँदै नेपालभर चल्ने सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा बुधबार यातायात व्यवसायी र सरकारका प्रतिनिधिबीच छलफल भइसकेको छ । बैठकले अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने निष्कर्ष भने निकाल्न सकेन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, यातायात व्यवसायी तथा प्रतिनिधि सहभागी बैठकमा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा छलफल भएको हो ।

बैठकमा मन्त्री दाहालले चाडपर्वमा काठमाडौं हुँदै देशका विभिन्न ठाउँसम्म पुग्ने सार्वजनिक यातायातको टिकट छिटोभन्दा छिटो खुलाउन यातायात व्यवसायीलाई आग्रह गरे ।

यात्रुहरूलाई सहज ढंगले गन्तव्यमा पुर्‍याउने दायित्व सरकारको भएको भन्दै उनले त्यसका लागि अग्रिम टिकट छिट्टै खुलाउन आग्रह गरे । तर, यातायात व्यवसायीहरूले भने सडकको अवस्था राम्रो नभएको, जोखिमयुक्त रहेको, वैज्ञानिक भाडादर कायम गर्नुपर्नेलगायतका माग सम्बोधन गर्न आग्रह गरे ।

कहिलेदेखि दशैँको अग्रिम टिकट कहिले खुलाउने भनेर बैठकमा निर्णय नभएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

उनका अनुसार सरकारसँग प्रारम्भिक रुपमा छलफल मात्र भएको हो । यातायात व्यवसायी र सरकारबीच शुक्रबार पुनः बैठक बस्दैछ । उक्त बैठकले अग्रिम टिकट खुलाउने विषयमा निर्णय गर्नेछ । असोज १५ गतेसम्म दशैँ लक्षित अग्रिम टिकट खुल्न सक्ने सिटौलाले बताए ।

दशैँका बेला काठमाडौंमा पेशा, व्यवसाय, अध्ययन गरी बसेका लाखौँ जनता आफ्नो गाउँ पुग्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com