ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडासँग नेपाल १०३ रनले पराजित


मनिषा लामिछाने
आश्विन १, २०८१ मंगलबार  ८ : १० बजे

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा क्यानडासँग नेपाल १०३ रनले पराजित भएको छ। सोमबार राति भएको खेलमा नेपालले खराब ब्याटिङ गर्दै ओडिआईमा क्यानडासँग पहिलो पटक पराजित भएको हो।

किङ्ग सिटीमा भएको खेलमा घरेलु टोली क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा १५० रन बनाउँदै अल आउट भएको हो।

नेपालका लागि करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए। त्यसैगरी सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २२ रन बनाए।

ओपनर आसिफ शेखले २० रन, भीम सार्की ३० बलमा १८ रन, गुलसन झाले १५ रन, कुशल मल्ल १२ रन, दीपेन्द्रसिंह ऐरीले ६ रन, सोमपाल कामीले ५ रन, कप्तान रोहित पौडेलले ५ रन, ओपनर कुशल भुर्तेल १ रन मात्र जोड्न सके।

क्यानडाका डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए। अन्श पटेल र अखिल कुमारले २र२ विकेट ,साद विन जाफरले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन जोडेको थियो। कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ७३ रनको योगदान गर्दै अविजित रहे।

नेपालका करण केसी र ललितनारायण राजवंशीले समान दुई विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक–एक विकेट हात पारे ।

लिग-२ मा पाँचौं खेल खेलेको नेपालको यो चौथो हार हो । यसअघि नेपालले घरेलु मैदानमै भएका चार खेलमध्ये तीन खेलमा हार व्यहोरेको थियो ।

जितसँगै नौ खेलबाट १० अंक जोडेको क्यानडा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेल्दा दुई अंकमात्र जोडेको नेपाल तालिकाको सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

इरानले अमेरिकी नाकाबन्दीको सामना गर्दै बन्दरगाहमा चेतावनी दियो

सम्बन्धित

यी हुन् समाज कल्याण परिषद्को भाडा नतिर्ने २० संघ संस्था, ऋषि धमलाले नै ७३ लाख तिरेनन् (सूचीसहित)

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com