ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस र कम्युनिष्टले देशको विकास गर्दैनन् : यादव


एबीसी न्यूज

काठमाडौं ३० भदौ । जनता समाजवादी पार्टी, नेपाल जसपा का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टले देशको विकास नगर्ने दाबी गरेका छन् । उनले यी दुई पार्टीले जनतालाई अधिकार दिन नचाहेको आरोप लगाए ।

जसपा नेपाल लुम्बिनी प्रदेशले शनिबार भैरहवामा गरेको ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’ अन्तर्गत अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्टमा अन्तर नभएको बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले जसपा नेपालले मुलुकमा परिवर्तन ल्याउन सक्ने बताए । मधेशी जनअधिकार फोरम नेपाल हुँदै जसपा नेपालले महिला, दलित, मधेशी, मुस्लिम, जनजाति तथा सम्पूर्ण उत्पीडित समुदायको लागि लडेको उनको भनाइ छ । ुजनता जागरुक र संगठित भए कुनै परिवर्तन असम्भव छैन, उनले भने, देश र जनताको भविष्य निर्माण हाम्रो मिसन र लक्ष्य हो ।

उनले संविधान संशोधन आफूहरुको सुरुदेखिको माग रहेको समेत बताए । कांग्रेस–कम्युनिष्टले जनताको आवाज दबाउन खोजेको भन्दै उनले शासक वर्गले आफ्नो लागिमात्र संविधान बनाएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com