ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रक त्रिशूलीमा खसालेर चालक भागेको आशंका, चलानीबाट खुल्यो परिचय


एबीसी न्यूज

काठमाडौं ३० भदौ । नारायणगढ(मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका(२९ सिमलतालामा त्रिशूली नदीकिनारमा खसेको ट्रकका चालक यमबहादुर घले रहेको खुलेको छ।

चितवन प्रहरीका अनुसार ट्रकमा भेटिएको चलानीमा चालक यमबहादुर घले उल्लेख गरिएको पाइएको हो।

ट्रक दुर्घटनापछि चालक घले त्रिशूलीमा बेपत्ता नभएर फरार रहेको अनुमान प्रहरीले गरेको छ। चालक त्रिशूलीमा परेर बेपत्ता भएजस्तो कुनै प्रमाण हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो।

ट्रकमा भेटिएको सामानको चलानीमा उल्लेख नाम र मोबाइल नम्बरअनुसार ट्रक चालक घलेको खोजतलास अघि बढाइएको चितवन प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरिक्षक ९डीएसपी० भेषराज रिजालले बताए।

‘चलानीमा उल्लेख नामअनुसार चालकको नाम यमबहादुर घले भएको पाइएको छ’, डीएसपी रिजालले नेपालखबरसँग भने, ‘चालक हेटौँडाको भएको भन्ने कुरा आएको छ। चलानीमा लेखिएको मोबाइल नम्बर पनि स्विच अफ छ।’

उनका अनुसार मोबाइल अफ भएका कारण ट्रक पल्टिएपछि चालक भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

दुर्घटनालाई नै प्रहरीले शंकास्पद ठानेको छ। तर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए।

अहिलेसम्म ट्रकमा चालकबाहेक अरू को थिए भन्ने विषय पनि पत्ता लागेको छैन।

ट्रकधनी पनि पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सवारीधनी फेला परेपछि बाँकी विवरण खुल्न आउने चितवन प्रहरीको विश्वास छ।

आइतबार ९आज० बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक सिमलतालबाट त्रिशूली नदी किनारमा खसेको हो।

२२५ कार्टुन आरएमसी कम्पनीका सूर्यमुखी खानेतेल लिएर काठमाडौँ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com