ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभाका दुई समिति सभापतिको निर्वाचन भदौ ३१ मा हुने


एबीसी न्यूज

काठमाडौं २६ भदौ । राष्ट्रिय सभाको दुईवटा समिति सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सभापतिहरूको निर्वाचन भदौ ३१ गते गर्नेगरी समय निर्धारण गरेका हुन्।

राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार दिउँसो १ बजे गर्नेगरी निर्वाचन कार्यक्रम प्रकाशन भएको छ।

भदौ ३० गते बिहान १०ः३० देखि १२ः३० सम्म प्रस्ताव दर्ता गर्ने, दिउँसो १ बजे निर्धारित समयमा दर्ता भएका प्रस्तावको सूची प्रकाशन गर्ने र ३१ गते सम्बन्धीत समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।

सम्बन्धित समितिको कुनै सदस्यलाई सभापति निर्वाचित गरियोस् भनी सोही समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को सदस्यको समर्थन सहित राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम ९२० बमोजिम प्रस्ताव दर्ता गर्न सकिने जनाइएको छ।

विधायन व्यवस्थापन समितिमा एकीकृत समाजवादीकी जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका माया प्रसाद शर्मा सभापति रहेका थिए।

राष्ट्रिय सभा नियमावली अनुसार सभापतिको पदावधी २ वर्षको हुन्छ। यी दुई समितिका सभापतिको पदावधी सकिएकाले निर्वाचन हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com