ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योगेश भट्टराईले संसद्‌मा बोलेको ‘हिंसा’ शब्द रेकर्डबाट हटाइएन


एबीसी न्यूज

काठमाडौं २६ भदौ । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाइने भएको छ।

बुधबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली र कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलपछि उक्त शब्द रेकर्डबाट हटाउन नपर्ने जानकारी गराए।

भट्टराईले उक्त शब्द प्रयोग गरेपछि भदौ १२ गतेको बैठकमा केहीबेर माओवादी र नेकपा एमालेका सांसदहरूबीच जुहारी चलेको थियो।

योगेशले पटक पटक जनयुद्धलाई हिंसा नै हो भनेपछि माओवादी केन्द्रका सांसदहरू हितराज पाण्डे, माधव सापकोटा सुबोध लगायतले आपत्ति जनाएका थिए।

सो विषयमा छानबिन गर्न सोही दिनको बैठकमा सभामुख घिमिरेले निर्देशन समेत दिएका थिए।

योगेशले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेपछि संसद्‌मा हंगामा
‘२०८१ साल भदौ १२ गतेको प्रतिनिधिसभाको बैठकमा माननीय योगेश भट्टराईले विशेष समयमा बोल्ने क्रममा हिंसा भन्ने शब्द प्रयोग गर्नुभएकोमा सो शब्द असंसदीय रहेकोले संसद्को रेकर्डबाट हटाइयोस् भनी नेपाल कम्युुनिस्ट पार्टी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहितका सदस्यहरूले विषय उठान गर्नुभएकोमा, प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको रायसमेतको आधारमा विषय प्रसंग र प्रस्तुतीलाई विचार गर्दा उक्त शब्द असंसदीय नदेखिएको हुनाले संसद्को रेकर्डबाट हटाउन नपर्ने व्यहोरा जानकारी गराउँछु,’ बुधबारको बैठकमा सभामुख घिमिरेले भने।

सभामुखले उक्त शब्द रेकर्डबाट नहट्ने बताएपछि माओवादी सचेतक पाण्डेले आज पनि आपत्ति जनाए।

‘हाम्रो देशको सबैभन्दा मूल कानुन भनेको संविधान हो। संविधानमा नै जनयुद्ध, जनआन्दोलन लगायतको व्याख्या गरिएको छ। प्रस्तावनामा नै जसरी व्याख्या गरिएको छ,,’ उनले भने, ‘हिंसाको विषयवस्तु आएको छ यो कानुन विपरित छ। संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हारु’

पाण्डेको प्रतिवादमा उत्रिएका एमाले सांसद रघुजी पन्तले भने यसअघि पनि पटक पटक संसद्मा यो शब्द प्रयोग भएको भन्दै बचाउ गरे।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com