ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुखले मार्गप्रशस्त गर्नु ठीक – कांग्रेसको निष्कर्ष


एबीसी न्यूज
भाद्र २६, २०८१ बुधबार  १ : ०१ बजे

काठमाडौं २६ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरमाथि उठेको प्रश्न गम्भीर रहेको ठहर गर्दै मार्गप्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

‘कांग्रेसको आधिकारिक धारणा भनेको उहाँमाथि गम्भीर प्रश्न उठेको हो। आफैँले राजीनामा दिएर मार्गप्रशस्त गर्नु ठीक हुन्छ,’ घिमिरेले भने, ‘उपसभामुखले त्यस्तो सिफारिस गर्नै मिल्दैन। उहाँले जुन काम गर्नुभयो, त्यसले संसदलाई नै अपमानित गर्ने काम गरेको छ। मुलुकको पनि शिर झुकाएको कांग्रेसको बुझाइ छ।’

उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको पत्र बाहिरिएको थियो।

उक्त विषय राष्ट्रहित विपरित र पदीय गरिमाविपरित भएको भन्दै सत्तारुढ दलहरूले मंगलबार बिहानबाट राजीनामाको विषय उठाएका थिए।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमाले सांसद्ले उनको राजीनामा मागेका थिए।

तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा० भने विरोधमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

सम्बन्धित

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com