ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुखले आचरणविपरीतका गतिविधि गर्नुभयो, मार्गप्रशस्त गर्नु हितकर : महेश बर्तौला


एबीसी न्यूज

काठमाडौं २५ भदौ । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा राना मगरले कूटनीतिक मर्यादाविपरीत पत्राचार गरेको र यो पदअनुकूल नभएको कारण राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

उपसभामुख रानाले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नु नैतिकतायुक्त व्यवहार हुने उनको दाबी छ।

‘वास्तवमा मार्गप्रशस्त गरेर नैतिकतायुक्त व्यवहार प्रदर्शन गर्ने कुरा बढी हितकर हुन्छ। उहाँले जति ढिला गर्नुहुन्छ, त्यति नै समस्या बढ्दै जान्छ,’ बर्तौलाले  भने।

संसद्को गरिमालाई ध्यानमा नराखेर नियतवश उनले दूतावासमा पत्राचार गरेको बर्तौलाको टिप्पणी छ।

रास्वपा कोटाबाट उपसभामुख बनेकी रानालाई हटाउने सत्तारुढ गठबन्धनको तयारी अघि बढेसँगै राजनीतिक वृत्त एकपटक तरंगित भएको छ।

‘यो संसद्मा माननीयले उठाएको विषय हो। सत्तासीन दलहरूले यस्तो गर्न खोज्ने भन्ने आउन खोजेको छ। यो होइन। संसदले संसदीय मर्यादा कायम राख्ने कुरामा अहिलेसम्म सरकार पक्ष जिम्मेवार छ। संसदीय मर्यादालाई कसैले च्युत गर्न पाउँदैन। पदीय जिम्मेवारी लिनुपर्छ,’ बर्तौलाले भने।

‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलहरूले उपसभामुख रानालाई हटाउने तयारी गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो प्रस्ताव सत्ता गठबन्धनको सोमबारको बैठकमा राखेका थिए।

बर्तौलाले  भने, ‘यो गम्भीर त्रुटि हो, यो मानवीय त्रुटि होइन, नियतवश गरिएको पद आचरणविपरीतको गतिविधि हो। संसद्को गरिमा जोगाउनुपर्ने महत्त्वपूर्ण व्यक्तिले कूटनीतिक मर्यादा विपरीत रहेर अन्तर्राष्ट्रिय क्षेत्रमा संसद्को गरिमालाई ध्यानमा नराखेर पत्राचार गर्ने कुरा, अनधिकृत मान्छेलाई स्वीकृति नलिई, संसदलाई जानकारी पनि नगराई यो जे गरियो, यो ब्लन्डर हो।’

रानाले उपसभामुखको हैसियतले पाँचजना नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्राचार गरेको विषय केही समयअघि विवादित भएको थियो। सांसदहरूले संसदमा पनि यो विषय उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com