ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार छलेर ल्याइएको साढे ६ लाखको काजु र मरिच नियन्त्रणमा


मनिषा लामिछाने

वीरगञ्ज । भन्सार छलेर भित्र्याइने काजुको नियन्त्रण हुने क्रम बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले पछिल्लो समय भन्सार छली गरेर भित्र्याइएका काजु, किसमिस, आलुप्याजसहितका सामान दिनँहुजसो बरामद गर्दै आइरहेको छ ।

सशस्त्रले आइतबार पनि वीरगञ्ज महानगरपालिका–१० स्थित आर्दशनगरबाट घण्टाघरतर्फ जाँदै गरेको ना२ह ५९६ नम्बरको टेप्पोलाई जाँच गर्दा भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याएको छ लाख ४५ हजार छ सय मूल्य पर्ने २७ डिब्बा काजु र ६ बोरा मरिच बरामद गरेको छ ।

सशस्त्र प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियाका घर भएका टेप्पोचालक विनोद कुशवाहालाई समेत पक्राउ गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाएको छ ।

गणका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले चाडपर्व नजिकिँदै गर्दा तस्कर धेरै सक्रिय भएकाले पनि अवैध सामान बरामद हुने क्रम बढेको बताए । ‘सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी सधैँ सक्रिय नै रहँदै आइरहेको छ’, उनले भने, ‘चाडपर्व नजिकिएसँगै अवैध चोरी तस्करी गर्नेको सङ्ख्या बढेकाले पनि बरामदको घटनामा वृद्धि भएको हो ।’

सशस्त्र प्रहरी बलले शनिबारमात्र १० लाख ५० हजार छ सय रुपैयाँ बराबरको भन्सार छलीका सामान पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको थियो । सशस्त्रले वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित चार लाख ७३ हजार आठ सय मूल्य पर्ने काजु, खजुर बदाम, बिस्कुट र किसमिसलगायत सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो ।

यसैगरी शनिबार नै नगवास्थित खुस्बु चक्लेट उद्योगको गोदाममा भारतबाट भन्सार छली गरेर भण्डारण गरिराखेको रु तीन लाख छ हजार छ सय ३० मूल्य पर्ने चक्लेट, चिनी र बोरा सिलाउने मेसिन बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–६ स्थित मीनाबजारबाट भारतबाट भन्सार छली गरेर भण्डारण गरिराखेको दुई लाख ७० हजार एक सय ७० मूल्यका आलु र प्याज बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com