ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गलैँचा र कच्चा पदार्थ आयातमा व्यवसायीले मागे भ्याट छुट,निर्यात घट्नु चिन्ताजनक-अर्थमन्त्री


एबीसी न्यूज

काठमाडौं २३ भदौ । गलैँचा व्यवसायीले नेपाली गलैँचा एवं कच्चा पदार्थ आयातमा मूल्यअभिवृद्धि कर ९भ्याट० छुटको माग गरेका छन्।

आज उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट्दै व्यवसायीले उक्त माग गरेका हुन्।

पछिल्लो समय लामो समयदेखि पाएका विभिन्न सुविधाहरुमा कटौती भएको भन्दै उनीहरुले आफ्ना समस्या अर्थमन्त्री पौडेलसामु सुनाएका थिए।

खासगरी नेपाली गलैँचा, ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा मूल्यअभिवृद्धि कर ऐन २०५२ देखि पाइरहेको छुट सुविधा खारेज गरिएको, यसको कच्चा पदार्थमा दिइएको भ्याट छुट पनि खारेज गरिएको, तेस्रो मुलुकमा निर्यात गर्दा प्राप्त हुने आयमा ५० प्रतिशत छुटको व्यवस्था खारेज गरिएको, यस वर्षको बजेटमा निर्यातमा दिइने नगद प्रोत्साहन नदिइएकोले यथाशीघ्र ती सुविधा दिन व्यवसायीको माग छ।

त्यसैगरी नेपाली गलैँचामा ऊनबाहेक प्रयोग हुने सिल्क धागोमा ऊनसरह भन्सार शुल्क तथा भ्याट छुट सुविधा पनि उनीहरुले मागेका छन्। यसको उत्पादन तथा निर्यातबापत सुलभ ब्याजदरमा बैंकिङ कर्जाको व्यवस्था हुनुपर्ने पनि उनीहरुले उल्लेख गरेका छन्।

अहिलेको व्यवस्थाले नेपाली गलैँचो उत्पादन लागत बढ्ने र भ्याट लागू गर्न पनि कठिनाइ हुने व्यवसायीले दाबी गरेका छन्।

व्यवसायीको मागपत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्यात घट्नु चिन्ताजनक रहेको टिप्पणी गरे।

‘निर्यात घट्नु चिन्ताजनक विषय हो। तपाईंहरूका माग छलफल गरेर सम्बोधन हुन्छ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com