ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेन र मध्यपूर्वबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन बेलायत जाने


एबीसी न्यूज

काठमाडौं २३ भदौ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को साता लण्डन जानुहुने भएको छ । स्टार्मरको लेबर पार्टीले जुलाईमा भएको चुनावमा जीत हासिल गरेपछि ब्लिन्केनको सोमबार र मङ्गलबारका लागि भ्रमण तय भएको हो । नयाँ नेतृत्व सरकारमा आएसँगै हुन लागेको यो अमेरिकी उच्च अधिकारीको पहिलो भ्रमण हो ।

विदेशमन्त्री ब्लिन्केनले रणनीतिक वार्तामा भाग लिने र ‘अमेरिका र बेलायतबिचको विशेष सम्बन्धलाई पुनः पुष्टि गर्ने’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बताउनुभएको छ ।

मिलरले भन्नुभयो, “उहाँले एसियाका साथै मध्यपूर्व र युक्रेनलाई सहयोग गर्ने हाम्रो सामूहिक प्रयासबारे छलफल गर्नुहुनेछ ।” यसअघि आगामी शुक्रबार स्टार्मरले वासिङ्टनको भ्रमण गर्ने घोषणा ह्वाइट हाउसले गरेको थियो ।

वासिङ्टनमा नेटोको शिखर सम्मेलनमा भाग लिएका स्टार्मरले कार्यभार सम्हालेको केही दिनपछि जुलाई १० मा ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनलाई भेट्नुभएको थियो ।

बेलायत र संयुक्त राज्य अमेरिकाले अधिकांश विश्वव्यापी मुद्दाहरूमा आवश्यकता परेका अवस्थामा आपसी सहकार्य गरेका छन् । साथै, बाइडेन नेतृत्वको डेमोक्रयाटिक नेताहरू ऐतिहासिक रूपमा कन्जरभेटिभभन्दा लेबर पार्टीसँग नजिकको सम्बन्ध राखेको पाइन्छ ।

यद्यपि, स्टार्मरले पदभार ग्रहण गरेदेखि नै इजरायलमाथि कडा कदम चाल्नुभएको छ । उहाँको सरकारले मानवीय कानुनको उल्लङ्घन गर्न प्रयोग हुन सक्ने जोखिमलाई उद्धृत गर्दै केही हतियार ढुवानीहरू स्थगन गर्ने घोषणा गरेको छ ।

लेबर सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पक्राउ गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकारलाई चुनौती दिने कन्जरभेटिभ पूर्ववर्तीको योजना पनि रद्द गरेको छ ।

संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य होइन र नेतन्याहूलाई लक्षित गर्ने प्रयासको विरोध गर्दै इजरायलको जबाफदेहिताको लागि आफ्नै प्रणाली छ भन्ने तर्क गर्दै आएको छ । तर इजरायलको प्रमुख हतियार आपूर्तिकर्ता संयुक्त राज्य अमेरिकाले हतियारको निर्णयको आलोचना गरेन र भन्यो कि ब्रिटेनको मूल्याङ्कन गर्ने आफ्नै प्रक्रिया छ । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com