ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटना बढी हुने ठाउँमा ट्रमा सेन्टर बनाउने मन्त्री दाहालको घोषणा


एबीसी न्यूज

काठमाडौं २३ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताएका छन्।

आइतवार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन्।

धेरै सडक दुर्घटना भइरहका ठाउँलाई लक्षित गरी ट्रमा सेन्टर बनाउने विषयमा सम्बन्धित मन्त्रालयहरुसँग पनि छलफल भइरहेको बताए।

उनले दुर्घटनामा तत्काल उद्धार नहुँदा मानिसहरुले अकालमा ज्यान गुमाइरहेको भन्दै व्यवस्थित गर्ने बारेमा सरकार गम्भीर रहेको बताए।

रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको र त्यससम्बन्धी कानूनहरु नबनाइएको भन्दै सरकार अब फास्ट ट्रयाकबाट कानून बनाउने गरी अघि बढिरहेको पनि बताए।

उनले भने, ‘रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको छ। गठन आदेशबाट निर्माण भएको छ। यसको कानुन बनाउनै बाँकी छ। हाम्रो तर्फबाट हुने ऐन, कानुन निर्माण गर्नेकुरा बाँकी छ। ऐन कानून बनाउने सन्दर्भमा हामी एकदमै यसलाई फास्ट ट्रयाकबाट कसरी लैजान सकिन्छ भनेर सोचिरहेको अवस्था छ। हाम्रो तयारी विभिन्न एक्सिडेण्ट भइरहने ठाउँहरुमा ट्रमा सेन्टरको अवधारणामा काम गरिरहेका छौँ।’

उनले थपे, ‘अरु मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ। छिटो रेस्क्यु नहुँदा मान्छेको मृत्यु भएको गुनासो छ, यसलाई कसरी व्यवस्थित गर्ने भन्नेमा हामी गम्भीर छौँ। खाल्डाखुल्डी रहित नेपाल बनाउने अभियानमा हामी लागेकै अवस्था छ।’

मन्त्री दाहालले उपत्यकाको ट्राफिक लाइटलाई व्यवस्थित बनाइने पनि उल्लेख गरे। खाल्डाखुल्डीरहित नेपाल बनाउन आफूहरु लागेको पनि बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com