ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ भाषामा सपथ लिन सांसदले दिए निवेदन


admin
फाल्गुन १८, २०७४ शुक्रबार   ६ : ४९   बजे

काठमाडौँ, १८ फागुन । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदले आठ वटा भाषा सपथका लागि रोजेका छन् । संसद सचिवालयमा निवेदन परे अनुसार मैथिली , हिन्दी, बज्जिका, नेवारी, मगर, भोजपुरी, थारु, तामाङ, र उर्दु भाषामा सपथ लिनको लागि सांसदले निवेदन दिएका छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले मैथिलीमा सपथ लिने भएका छन् ।

राजपा अध्यक्ष मण्डलकै अर्का नेता राजेन्द्र महतोले भने हिन्दीमा सपथ लिने भन्दै संसद सचिवालयललाई जानकारी दिएका छन् । राजपाकै महिन्द्रराय यादवले मातृभाषा बज्जिकामा सपथ लिँदै छन् ।

नेपालीपछि सबैभन्दा धेरै मैथिली भाषामा सपथ लिन सांसदहरुले सूचना संसद सचिवालयमा दिएका छन् । राष्ट्रिय सभातर्फ मैथिलीमा बृषेशचन्द्र लाल, डा. सुरेन्द्रकुमार यादव, प्रमिला कुमारी, सूर्यनारायण यादव (सुरज)ले सपथ लिँदैछन् । त्यस्तै हिन्दीमा रमेश यादव र बज्जिका भाषामा रामप्रित पासवानले सपथ लिदैँछन् ।

मैथिलीमा उपेन्द्र यादव, उमाशंकर अरगरिया, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वे, सुरेशचन्द्र दास, शरतसिंह भण्डारी, राजकिशोर यादव, महन्थ ठाकुर, रेणुकुमारी यादव, दिलकुमारी, मातृका यादव, इन्दुकुमारी शर्मा र मिनाक्षी झाले सपथ लिँदैछन् ।

हिन्दीमा अनिलकुमार झा, प्रमोद शाह, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी, रानी मण्डल, सरिता गिरी र चन्दा चौधरीले सपथ लिँदैछन् । अवधीमा मुअम्मद इस्तियाक राइले सपथ लिँदैछन् ।

त्यस्तै भोजपुरीमा प्रदीप यादव, रामबाबुकुमार यादव, रामसहायप्रसादय यादव, हरिनारायणप्रसाद रौनीयार र अकवाल मियाँले सपथ लिँदैछन् ।

संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहाने सांसदलाई फागुन १८ गतेसम्म जानकरी गराउन समय दिएको छ । हालसम्म ४० भन्दा बढी सांसदले मातृभाषामा सपथ लिने जानकारी गराएका छन् । सपथको व्यहोरासमेत सम्बन्धित सांसदले अनुवाद गरेर संसद सचिवालयाई दिनुपर्ने हुन्छ ।

प्रतिनिधिसभातर्फ नेवारीमा राजेन्द्र श्रेष्ठले सपथ लिँदैछन् । मगर भाषामा वर्षमान पुन र ओनसरी घर्तीले सपथ लिदैछन् ।

थारु भाषामा गंगा चौधरी सत्गौवा, शान्ता चौधरी र रेशमलाल चौधरीले सपथ लिँदैछन् । त्यस्तै तामाङ भाषामा हितबहादुर तमाङले सपथ लिँदैछन् ।

बज्जिका भाषामा महिन्द्रराय यादवले सपथ लिँदैछन्। उनले भने जेष्ठ सदस्यको हैसियतमा राष्ट्रपति समक्ष सपथ लिनेछन्। यादवको सपथ २० गते दिउँसो १ बजे हुनेछ ।

त्यस्तै, उर्दु भाषामा रोहीनाजले सपथ लिँदैछन् । संसद सचिवालयले आउँदो २० गते ३ बजे राष्ट्रिय सभाका सांसद र ४ बजे प्रतिनिधि सभाका सांसदका लागि सपथ राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group