ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेंगु सङ्क्रमणबाट चारको मृत्यु


एबीसी न्यूज

काठमाडौं १८ भदौ । डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० अन्तर्गतको कीटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको हो ।

पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। देशका ७५ जिल्लामा गरी ६ हजार ८३१ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ । इडिसिडीको तथ्याङ्कअनुसार तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। सोही जिल्लामा एक हजार १४९, कास्कीमा ७६४, पर्वतमा ६५७, चितवनमा ५३३, काठमाडौँमा ५५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

त्यसैगरी गोरखामा २६२, झापामा १६८, मकवानपुरमा १२५, ललितपुरमा ११९ स्याङ्जामा ११५ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ। प्रदेश अनुसारमा बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। बागमती प्रदेशमा एक हजार ७२३, गण्डकी प्रदेशमा तीन हजार २२९, कोशी प्रदेशमा ८१५, लुम्बिनी प्रदेशमा ४७४, सुदूरपश्चिम प्रदेशमा ३७९, मधेश प्रदेशमा १०६ जनामा डेंगु पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा। विमल शर्मा चालिसेका अनुसार डेंगु सङ्क्रमण एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। डा। चालिसेका अनुसार एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको तथा जोर्नी दुख्ने, थकान महसुस हुने वान्ता हुने डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन्। चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोगबाट बच्ने एक मात्र उपाय हो।

डेंगुबाट बच्ने उपाय पानी जम्मा गरेर राखिएको पानीको ट्याङ्की, ड्रम, बाल्टीमा लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्न डा। दाहालका आग्रह छ। पूरा शरीर ढाक्ने तथा लामो बाहुला भएका लुगा लगाउने, शरीरको खुला भागमा लामखुट्टे भगाउने मलमको प्रयोग गर्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्न डा। दाहालले सुझाव दिनुभयो ।

घर, कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फूलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न उहाँले अनुरोध गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com