ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै दलको सहमतिमा संविधान संशोधन गर्छौं : गृहमन्त्री लेखक


एबीसी न्यूज

काठमाडौं १८ भदौ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गरेर समावेशी चरित्रको राज्य निर्माणका लागि संविधान संशोधन गरिने बताएका छन्। लेखकले आधारभूत विषयमा कुनै खालको प्रतिरोध नहुनेगरी सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान संशोधन गरेर अघि बढ्ने बताएका हुन् ।

मंगलबार प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृह मन्त्री लेखकले अहिलेसम्मको अभ्यासका क्रममा देखिएका सरलता र जटिलताको समीक्षा गरेर मात्र सरकार संविधान संशोधनको बाटोमा अघि बढ्ने उल्लेख गरे ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गरेर समावेशी चरित्रको राज्य निर्माणका लागि संविधान संशोधन गछौँ। संविधानका आधारभूत विषय छन् । त्यसमा कुनै प्रतिरोध नहुनेगरी समावेशीता, थप सुदृढ, बलियो र जनताका लागि कार्यान्वयन हुनेगरी संविधानको संशोधन हुन्छ,’ लेखकले भने, ‘संविधानको अभ्यासका क्रममा देखिएका सरलता र जटिलता समिक्षा गरेर मात्र संविधान संशोधन हुन्छ।’ तर, एक वा दुई पार्टीको चाहानाले नभएर चरणबद्ध छलफल गरेर सबै राजनीतिक दलको सहमतीका आधारमा संशोधन गरीने उनको भनाई थियो।

‘पहिलो चरणमा ९÷१० वर्षसम्म संविधानको जुन अभ्यास गरेका छौं । त्यसको समीक्षा गर्छौं। के–के राम्रा भए रु कहाँ कहाँ जटिलता भए समिक्षा गछौँ । त्यसले विषयवस्तु पहिचान हुन्छ’ उनले भने, ‘विषयवस्तु पहिचान भइसकेपछि ती माथि सबै दलसँग संवाद गछौ। सबै दलसँग संवाद गरेपछि सहमतीका आधारमा संविधान संशोधन हुन्छ।’

 

मुलुकमा कांग्रेस र एमालेले विशेष परस्थितिमा गठबन्धन गरेर सुखद परिणाम प्राप्त गरेको इतिहास रहेको उल्लेख गर्दै लेखकले अहिले पनि स्थिर सरकार र समीकरणका लागि दुवै दल मिलेको बताए।

संविधान संशोधनसँगै शिथिल भएको अर्थतन्त्र चलायमान गर्ने, भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने, विकास निर्माणलाई द्रूत गतिमा अघि बढाएर संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन दुवै दल मिलेको लेखकको भनाई थियो।

‘इतिहासमा कांग्रेस र एमाले मिल्दा सुखद परिणाम प्राप्त गरेका छौं । निरुकुंश पञ्चायत व्यवस्थाविरुद्ध लड्न कम्युनिष्ट–कांग्रेस गठबन्धन गरेको थियौ। सशस्त्र संघर्षलाई मिलेर शान्तिमा रुपान्तरण गरेका छौं ’ उनले भने, ‘राजाले निरुकुंता लाध्दा मिलेर मुलुकमा लोकतन्त्र स्थापाना गर्दै मिलेर संविधान बनायौँ। देशमा महत्वपूर्ण एजेन्डालाई मिलेर सम्बोधन गरेका छौ। विशिष्ट परस्थितीमा कांग्रेस र एमाले मिलेका छौं। अहिले पनि त्यही हो।’

अहिले पनि संघ र प्रदेशमा राजनीतिक अस्थिरताले २(३ महिनामै सरकार ढल्न अवस्था भएकाले स्थिर सरकार र समीकरणका दुई दल मिलेको लेखकको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com