ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरियाणामा गाईको मासु खाएको आशंकामा कुटीकुटी युवकको हत्या, यस्तो छ घटना


एबीसी न्यूज

काठमाडौं १७ भदौ । भारतको दिल्लीबाट करिब १५० किलोमिटर टाढा हरियाणाको चरखी दादरीको बधरा क्षेत्रमा गौ संरक्षणमा संलग्न केही व्यक्तिले बंगालका एक मुस्लिम युवकलाई कुटीकुटी मारे।

घटना गत अगस्ट २७ तारिखको हो।

फोहर संकलन गर्ने ती मुस्लिम युवक परिवारसहित चरखी दादरीको बस्तीमा बस्थे। उनको नाम साबिर मलिक रहेको बताइएको छ, जो मूल रूपमा पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाका बासिन्दा थिए।

गाई संरक्षणमा संलग्न व्यक्तिहरूले एउटा भाँडोमा मासुको टुक्रा फेला पारेपछि उनीहरूले त्यो गाईको मासु भएको आशंका गरेका थिए।

त्यसपछि अगस्ट २९ तारिख प्रहरीले दुई नाबालिगसहति ७ जनालाई पक्राउ गरेको थियो।

अगस्ट ३१ मा एक युवकलाई लाठीले कुटिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो।

जसमा २४ वर्षीय साबिर मलिकलाई केही युवाले लाठीले कुटेको र केही स्थानीयले बचाउन खोजेको देखिन्छ।

उक्त घटनामा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पार्टीका नेताहरूलाई पीडित परिवारलाई भेटेर क्षतिपूर्ति दिन आग्रह गरेकी छन्।

हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले घटनालाई दुर्भाग्यपूर्ण भनेका छन्।

उनले भने, ‘गाईप्रति जनताको आस्था छ र राज्यमा यस सम्बन्धमा कडा कानुन छ, यसमा कुनै सम्झौता हुन सक्दैन। म यस्तो घटना दुर्भाग्यपूर्ण छ र त्यस्तो घटना स्वीकार्य हुन्न भन्न चाहन्छु।’

यसैबीच नुहका कांग्रेस विधायक अफताब अहमदले घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।

उनले भने, ‘हरियाणामा कानुन र व्यवस्था भन्ने छैन। एक गरिब र्‍यागपिकर ९फोहर संकलक० लाई सिकार बनाइयो, जुन चिन्ताजनक छ। यो घटना तीनरचार दिनअघि भएको थियो तर पत्ता लगाउन किन यति लामो समय लाग्योरु’

यस घटनाप्रति उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री मायावतीले पनि दुःख व्यक्त गरेकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चरखी दादरीमा गाईको मासु खाएको आशंकामा एक गरिब युवकको निर्मम हत्याले मानवतालाई लज्जित बनाएको छ र कानुनको रहस्य पर्दाफास गरेको छ।’

भारतीय लोकसभामा विपक्षी नेता राहुल गान्धीले पनि नासिकमा गाईको मासुको आशंकामा एक वृद्ध व्यक्तिलाई कुटपिट र चरखी दादरीको घटनाबारे बारेमा एक्समा पोस्ट गरेका छन्।

उनले लेखेका छन्, ‘भीडका रूपमा लुकेका घृणित तत्त्वहरूले कानुनी शासनलाई चुनौती दिँदै खुलेआम हिंसा फैलाइरहेका छन्। अल्पसंख्यक, विशेष गरी मुस्लिमहरूविरुद्ध लगातार आक्रमण भइरहेका छन् र सरकारी संयन्त्र मूकदर्शक बनेर हेरिरहेको छ।’

उनले दुवै घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘त्यस्ता अराजकता फैलाउने तत्त्वलाई कडाभन्दा कडा कारबाही गरेर विधिको शासन कायम गर्नुपर्छ।’

घटनाको भिडिओ पनि बनाइयो
बधरा बस स्ट्यान्डअगाडि बस्ने मुस्लिम बस्तीका मानिसले गाईको मासु खाने गरेको आशंका गौ संरक्षण टोलीलाई थियो। त्यसपछि गौ संरक्षण टोलीका व्यक्तिले अगस्ट २७ तारिख झुपडीवासीसँग सोधपुछ गर्न थाले।

त्यही क्रममा उनीहरूले कुनै भाँडामा मासुको टुक्रा देखे र त्यो गाईको मासु भएको शंका गर्न थाले। यसपछि उनीहरूले बस्तीमा बस्ने शबरुद्दिन नाम गरेका व्यक्तिलाई पक्रेर सोधपुछ गरे। यो घटनाको भिडिओ पनि बनाइएको छ।

एफआईआरका अनुसार, जब साबिरका आफन्त शबरुद्दिनलाई मासुको टुक्रा गाईको मासु हो कि भनेर सोधियो, तब उनले भैँसीको मासु भएको बताए र उनीहरूको नियन्त्रणबाट भाग्ने प्रयास गरे।

तर गौ संरक्षण समूहसँग सम्बन्धित व्यक्तिहरूले उनलाई पक्रेर फिर्ता ल्याए र क्यामेराअगाडि त्यो गाईकै मासुको टुक्रा भएको स्वीकार गर्न बाध्य गराए।

यसबारे गौ संरक्षकहरूले बधरा प्रहरीलाई पनि जानकारी गराए। त्यसपछि प्रहरी घटनास्थल पुगेर मासुको टुक्रासहित केही व्यक्तिलाई प्रहरी चौकीमा लग्यो।

उजुरीकर्ताले के भने
उजुरीकर्ता सजाउद्दिन सरदारले आफू र उनका नातेदार साबिर मलिक बध्दाको जुई रोडमा रहेको बस्तीमा बस्ने बताए। साबिरले सरदारकी बहिनी सकिनासँग विवाह गरेका थिए। साबिरको काम फोहोर जम्मा गर्ने थियो।

उनी भन्छन्, ‘अगस्ट २७ मा केही मानिसहरू आए। उनीहरूले म र मसँग फोहोर उठाउनेहरूसँग भन्न थाले( तपाईंहरूले मंगलबार पनि मासु खानुहुन्छ वा त्यो गाईको मासु हुनसक्छ। हामीलाई प्रहरी चौकी लगियो। त्यसपछि केही केटाले मेरा दाजु साबिर मलिकलाई बस स्ट्यान्डमा लिएर गए।’

उनले अगाडि भने, ‘साबिरलाई भनियो कि केही कबाड सामान दिनुपर्नेछ। साबिरलाई बस स्ट्यान्ड बोलाएपछि अर्का व्यक्ति असिरुद्दिनलाई पनि बोलाइयो र त्यसपछि चाररपाँच जना केटाले दुवैलाई लाठीले कुटे। अनि उनीहरूले सबैका सामुन्ने दुवैलाई मोटरसाइकलमा राखेर लगे। यसको भिडिओ पनि मैले देखेको छु।’

असिरुद्दिनका अनुसार गौ संरक्षकहरू प्रहरीसँगै चौकीमा गए। उनीहरूले यस बस्तीमा बस्नेलाई मुद्दा दर्ता गर्न दबाब दिए।

यसपछि साबिर मलिकलाई बधडा बस स्ट्यान्डनजिक बोलाएर लाठीले कुटिएको उनले बताए। स्थानीयले बचाउन खोजेपछि गौ संरक्षण टोलीले साबिरलाई मोटरसाइकलमा लिएर गएको थियो।

एफआईआरका अनुसार अगस्ट २७ को राति भान्डवा गाउँनजिकै अज्ञात व्यक्तिको शव भेटियो। पछि शव साबिर मलिकको भएको पत्ता लाग्यो।

मृतक साबिर मलिकका आफन्त सजाउद्दिन सरदारको उजुरीका आधारमा अगस्ट २८ तारिख बधडा प्रहरीले सात जनाविरुद्ध जाहेरी दर्ता गरेको थियो। तीमध्ये दुई जना नाबालिग छन्।

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। दुई नाबालिगलाई सुधार गृह पठाइएको छ भने बाँकी सबै अभियुक्त हाल प्रहरी हिरासतमा छन्।

त्रासमा स्थानीय
बस्तीमा बस्नेहरूसँग कुरा गर्ने प्रयास गरिएको थियो। यो घटनापछि डर भएको र यहाँबाट अन्त कतै सर्ने योजना बनाएको उनीहरूले बताए।

गाईको मासुको विषयमा कुनै पनि प्रवासी मजदुर बोल्न तयार छैनन्। ३० तारिखका दिन सबैजना दादरी छोडेर पश्चिम बंगाल फर्कने तयारीमा हुँदा प्रहरीले सुरक्षा प्रदान गरेको थियो।

के भन्छ प्रहरीरु
घटनाको भोलिपल्टै अगस्ट २७ तारिखका दिन नै प्रहरीले जाहेरी दर्ता गरी सात जनालाई पक्राउ गरेको चरखी दादरीको बढडा जिल्ला प्रहरी उपरीक्षक भरतभूषण बताउँछन्। घटनामा संलग्न दुई नाबालिगबाहेक अन्य सबै प्रहरी हिरासतमा छन्।

उनीहरूसँग सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ।

अहिले उक्त बस्तीमा शान्ति कायम रहेको दाबी गर्दै प्रहरी अधिकृत धीरजकुमार उक्त क्षेत्रमा तनाव नहोस् भनेर प्रहरीले फ्ल्याग मार्च गरेको बताउँछन्।

उनले यस घटनामा अरु कसैको नाम आएमा उसलाई पनि कानुनी कारबाही गरिने बताए। बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com