ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली राजमार्ग अवरुद्ध : जुम्लाबाट ल्याइएको ४५ ट्रक स्याउ ५ दिनदेखि बाटोमै अलपत्र


एबीसी न्यूज

काठमाडौं १६ भदौ । गत बुधबार भदौ १२ राती परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्गका विभिन्न क्षेत्रमा सडक अवरुद्ध बनेको छ। कर्णाली राजमार्गको दैलेख–कालिकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएको हो।

बाढीपहिरोले राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट बेच्नका लागि ल्याइएका स्याउका करिब ४५ ट्रक ५ दिनदेखि अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार, कालिकोटको खाडाँचक्र नगरपालिका–३ मा कर्णाली राजमार्ग अन्तरगत ताडी बसपार्कमा ४५ स्याउका ट्रक अलपत्र परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता एवं प्रहरी निरीक्षक पोषण थापाले जुम्लाबाट बजारमा पठाउनका लागि आएका स्याउका ४५ ट्रक कालिकोटमै रोकिएका जानकारी दिए।

‘गत बुधबारदेखि अवरोध सडक खुलाउने प्रयास भइरहेको छ। खाडाँचक्र नगरपालिका–३ को ताडीमा जुम्लाबाट आएका स्याउका ४५ मिनीट्रक रोकिएका छन्। एकरदुई दिनमा बाटो बनेपछि सुर्खेततर्फ जान्छन्,’ उनले भने।

 

साथै, प्रहरी निरीक्षक थापाले स्याउ हालसम्म नबिग्रिएका र केही स्याउ त्यहाँका स्थानीयहरूले किनेर खाने गरेका छन्।

प्रहरी निरीक्षक थापाकाअनुसार ताडीमा जम्मा रोकिएका ४६ ट्रकमा ४५ ट्रक स्याउका, जुम्ला र मुुगुबाट आएका ६ वटा बस चार दिनदेखि रोकिएका छन्।

१०७ टन स्याउ अलपत्र
यस्तै, कालिकोटमा अलपत्र परेका स्याउ १०७ टन ९करिब सात करोड बराबरको० रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले जुम्ला जिल्लाका विभिन्न स्थानीय पालिकाबाट लोड गरेर पठाइएका स्याउ १०७ टन र करिब सात करोड मूल्य बराबरको रहेको जानकारी दिए।

उनका अनुसार, ती ४५ ट्रकमा बोकेका स्याउमा जुम्लाको सिंजा गाउँपालिका, हिमा गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिका, कन्कासुन्दरी गाउँपालिकाका विभिन्न ठाउँका रहेका छन्।

‘जुम्लाका सबै पालिकामा स्याउ उत्पादन हुन्छ। यहाँको स्याउ सुर्खेत, नेपालगञ्ज, बुटवल, चितवन, विराटनगर, काठमाडौँमा पुग्छ,’ प्रमुख देवकोटले भने, ‘प्राय जुम्लाका स्याउ तराईका सबै ठाउँमा जान्छ। हालसम्म सात करोड बढीको स्याउ बाहिरिएको छ।’

यस्तै, प्रमुख देवकोटाले एक हप्तासम्म स्याउ नबिग्रिने बताए।

‘स्याउ तत्काल कुहिँदैन। तर, गुणस्तरहीन कार्टुन प्रयोग भएको हुन्छ। हामीले गुणस्तरीय कार्टुन प्रयोग गर्न सुझाव दिएपनि किसानहरुले आफ्नै तरिकाले प्याकिङ्ग गर्नुभएको हुन्छ। सस्तो खालको कार्टुन प्रयोग भएपछि स्याउ छिटो बिग्रिन्छ,’ उनले भने।

यसवर्ष जुम्लामा १४ हजारदेखि १५ हजार मेक्ट्रिटन स्याउ उत्पादन हुने अनुमान गरिएको बताए। भदौ महिनादेखि असोज दोस्रो हप्तासम्म स्याउ टिपेर जुम्लाको सकिन्छ।
एकतर्फी सडक सञ्जाल
गत बुधबारदेखि अवरुद्ध कर्णाली राजमार्गको दैलेख–कालिकोट खण्डको विभिन्न ठाउँको पहिरो हटाएर एकतर्फी सकडक सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय जुम्लाले कालिकोट–दैलेखकोबीचमा आएको पहिरोले अवरुद्ध सडक एकतर्फी खुलेको जनाएको छ।

कार्यालय प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ हुल्म बजारदेखि कालिकोट जिल्लाकै शुभकालिका गाउँपालिका–१ गगनेखोला, शुभकालिका–१ कै गगने र दही खोलासम्म सानो गाडीहरु जाने एकतर्फ बाटो खुलाएको जानकारी दिए।

उनका अनुसार, यी विभिन्न ठाउँमा सडक भास्सिएको, खोलाले सडकलाई कटान गरेको, पहिरोले सडक पुरेका कारण सडक अवरुद्ध भएको थियो।

तीन दिनसम्म लागेर सडक डिभिजन कार्यालय जुम्लाले हेभी इक्वीपमेन्टहरूको प्रयोग गरेर बाटो खुलाएको हो।

यस्तै, कर्णाली राजमार्ग अन्तर्गत दैलेख जिल्लाको आठबीस नगरपालिका–७ मालचौरमा लेदोसहितको पहिरो खसेर १२ गते बेलुकादेखि अवरोध बनेको सडकको शनिबारदेखि सडक डिभिजन कार्यालय बाटो खुलाउने कार्य अगाडि बढाएको छ।

कर्णाली राजमार्ग अन्तर्गतको दैलेख र कालिकोटका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बन्दा यात्रुहरूले सास्ती पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com