ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीमा ३० वर्षे हटाउने आदेशविद्धको भ्याकेट न्यायाधीशद्वय सुवेदी र शर्माको इजलासमा


एबीसी न्यूज

काठमाडौं १३ भदौ ।  नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्चले दिएको अन्तरिम आदेश बदर गर्न माग गर्दै परेको भ्याकेट निवेदनको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।

न्यायाधीशद्वय रघु सुवेदी र बिनोद शर्माको संयुक्त इजलासमा बिहीबारका पेसी चढेको हो। महान्यायाधिवक्ताको कार्यालय मार्फत गत मंगलबार सर्वोच्चमा सो आदेशविरुद्ध भ्याकेट दर्ता भएको थियो।

त्यसअघि गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले २१ प्रहरी अधिकारीहरुको रिटमा सुनवाइ गर्दै ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने व्यवस्था कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

अवकाश हुन लागेका ८९ जना प्रहरी अधिकारीहरूलाई सेवामा निरन्तरता दिन आदेश दिँदै पूर्ण सुनुवाइका लागि असोज १० गतेलाई पेसी तोकिएको छ।

प्रहरीमा ३० वर्षे हटाउन सर्वोच्चको आदेश, ८९ नेपाल प्रहरीको जागिर जोगियो

सरकारले नयाँ प्रहरी ऐनको मस्यौदा तयार पारेर छलफल गरिरहेको अवस्थामा आएको सर्वोच्च अदालतको आदेशले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप भएको निवेदनमा उल्लेख छ।

सर्वोच्च अदालतले कार्य क्षेत्र बाहिर गएर गरेको अन्तरिम आदेश बदर हुनु पर्ने माग गरिएको छ।

सर्वोच्चको यो आदेशले भदौ १६ गते नै अवकाशमा जाने प्रहरीहरु कायम रहने र यसले प्रहरी संरचनामै फरक पार्ने निवेदकको जिकिर छ।

३० वर्षे सेवा अवधिका कारण बागमती प्रदेश प्रमुख डीआईजी विष्णुकुमार केसीसहित ११ जना एसएसपी, एसपी, डीएसपी र इन्सपेक्टर गरी ८९ जना यही शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेका थिए।

तर, सर्वोच्चको अन्तरिम आदेशसँगै उनीहरूले सेवामा निरन्तरता पाउने अवस्था बनेको थियो।

१० वर्षअघिको आदेश कार्यान्वयन नगरेपछि सर्वोच्चले गरिदियो प्रहरीमा उथलपुथल
सर्वोच्च अदालतले नै मंगलबार सशस्त्र प्रहरीमा भने ३० वर्षे सेवा अवधि हटाउन अस्वीकार गरेको छ। डीआईजीसहित १२ अधिकारीले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन न्यायाधीश शारङ्गा सुवेदीको इजलासले अस्वीकार गरेको हो।

सर्वोच्चले अन्तरिम आदेश नदिएसँगै सशस्त्र प्रहरीका २ डीआईजी र एक एसएसपीसहित १६ जना अवकाश हुने निश्चित भएको हो। न्यायाधीश सुवेदीको इजलासले विपक्षीसँग १५ दिनभित्रमा लिखित जवाफ माग गरेको छ। तर लिखित जवाफ पेश भएर सुनुवाइ अगाडी बढ्दा यी प्रहरी अधिकारीहरु अवकाशमा गइसकेका हुनेछन्।

सशस्त्र प्रहरीका यी १६ जना र नेपाल प्रहरीका ८९ जना २०५१ भदौ १६ गते एकसाथ नेपाल प्रहरीको सहायक निरीक्षकमा भर्ना भएका थिए। सशस्त्र प्रहरी स्थापना भएपछि बढुवाको अवसर लिँदै उता गएकाहरू अनिवार्य अवकाशमा जाने तर नेपाल प्रहरीमा रहेकाहअरु अवकाश नहुने दोहोरो आदेश सर्वोच्चबाट आएको हो।

सर्वोच्चका दुईथरी आदेश स् सँगै भर्ना भएका ८९ जना जागिर खाने, १६ जना घर जाने

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com