ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रकाश तामाङलाई केही दिनमै नागरिकता दिन प्रधानमन्त्री को निर्देशन


एबीसी न्यूज

काठमाडौं १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयपछि परिवार भेट्न पाएका भोजपुरका प्रकाश तामाङलाई केही दिनभित्रै नागरिकता दिलाउने व्यवस्था मिलाइएको बताएका छन्।

‘हेर्ने कथा’मा प्रकाश सानैमा हराएर ३ दशकभन्दा बढी समयदेखि परिवारसँग बिछोडिएको दुस्खद घटना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण भएको हो।

अनुमानित ४० वर्ष पार गरिसकेका प्रकाशको अहिलेसम्म नागरिकतासमेत नरहेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले सुरुमा उनलाई नागरिकता दिलाउने पहल थालेका हुन्।

उनलाई तुरुन्तै नागरिकता दिलाउने प्रक्रिया अघि बढाउन आफूले मंगलबार राति १० बजे गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएको प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रकाशलाई नागरिकता दिने व्यवस्था मिलाउन गृहसचिव अर्याललाई निर्देशन दिँदै प्रधानमन्त्री ओली।
प्रकाशलाई नागरिकता दिने व्यवस्था मिलाउन गृहसचिव अर्याललाई निर्देशन दिँदै प्रधानमन्त्री ओली।

‘उहाँले प्रकाशलाई दुईरचार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ’, ओलीले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्।

नागरिकता भए मात्र उनको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पहिले नागरिकता बनाइदिन लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ’, ओलीले भनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com