ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको आक्रोश : के सानो पार्टी, वैद्य र विप्लवको भन्दा सानो छ ?


एबीसी न्यूज

काठमाडौं ९ भदौ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सानो पार्टी भनेर हिनताबोध नगर्न आफ्ना दलका नेताहरुलाई आग्रह गरेका छन् ।

आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सानो पार्टी भनेर धेरै गीत गाउन जरुरी नभएको बताए । ‘सधैंभरि एउटै गीत सानो पार्टी, सानो पार्टी’ उनले अगाडि भने, ‘म त शब्द पनि सुन्न चाहन्न ।’

 

त्यसपछि उनले अरु दलसँग तुलना गरे । ‘के सानो पार्टी, मजदुर किसान पार्टीभन्दा सानो छ रु मोहनबिक्रमजीको पार्टीभन्दा सानो छ, मोहन वैद्यको पार्टी भन्दा सानो छ रु विप्लवजीहरुको पार्टी भन्दा सानो छ रु’ नेपालले नेताहरुलाई प्रश्न गरे ।

हिजो आफूहरु भएको एमाले जत्रो मात्र नभएको उनले बताए । तर सानो भन्ने हिनाताबोध गरेर पार्टी नबन्ने भन्दै अध्यक्ष नेपालले भने, ‘पुष्पलालले त्यही गीत गाउनुभएको भए के हुन्थ्यो हालत रु हामीले कोके ९कोअर्डिनेशन केन्द्र० बनाउँदा त्यही गीत गाएको भए के हुन्थ्यो हालत ?’

कोअर्डिनेशन केन्द्र ९कोके० बनाउने समयमा आयोजित पहिलो बैठकमा झलनाथ खनाल, सीपी मैनाली र आफू मात्र भएको स्मरण गरे । उनले भने, ‘८ महिना सारेर बैठक गर्दा ८ जना ल्याउने भन्दा ६ जना भयौं ।’

हरेक पार्टी निर्माणको इतिहास कोर्दा आत्तिनुपर्ने केही नभएको नेपालले बताए । ‘अरु ठूला भनिएका पार्टीका नेताहरु हामीलाई भन्छन्, यो पार्टीलाई बलियो बनाउनुस्, हाम्रो सद्भाव छ’, उनले भने, ‘यसअर्थमा हामीले हिनताबोध गर्न आवश्यक छैन ।’

हिजो बिद्रोह गरेर ठीक गरेको भन्दै निराशाको गीत नगाउन आग्रह गरे । पार्टी छाडेर गएकाहरुको मात्र हिसाब नगर्न र आउनेहरुलाई पनि हेर्न उनले आग्रह गरे । अध्यक्ष नेपालले भने, ‘म संकेत मात्र गर्न चाहन्छु, अहिले ठूलो जमात विद्रोह गरेर आउने गरेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com