ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिको तयारी, न्याय परिषद् बैठक आज


एबीसी न्यूज

काठमाडौं ९ भदौ । न्याय परिषद्ले उच्च अदालतमा १६ जना न्यायाधीश नियुक्तिको तयारी गरेको छ।   नियुक्तिका लागि सम्पूर्ण गृहकार्य सकिएपछि आज बैठक बसेर औपचारिक निर्णय गर्न लागिएको हो। अनौपचारिक छलफलका क्रममा कुन क्षेत्रबाट कति जना न्यायाधीश नियुक्त गर्ने भनेर टुंगिएपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज निर्णय गर्न न्याय परिषदको बैठक बोलाएका छन्। बैठक आज साँझ ४ बजे बोलाइएको परिषद्का एक अधिकारीले  जानकारी दिए।

उच्च अदालतको न्यायाधीश नियुक्त हुने १६ जनामध्ये न्याय सेवाबाट राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीबाट चार जनाले अवसर पाउने भएका छन्। यसअघि कर्मचारीबाट ३ जना मात्र पर्न सक्ने गरी गृहकार्य सुरु गरिएकामा प्रधानन्यायाधीशले अन्य सदस्यहरूसँगको परामर्शपछि ४ जना सहसचिवस्तरका कर्मचारीलाई न्यायाधीश बनाउने टुंगो गरेका हुन्। न्याय सेवाका कर्मचारीहरुको तर्फबाट चार जना हुनुपर्ने दबाब न्याय प्रशासनभित्रैबाट पनि परिरहेको थियो।

न्याय सेवाका सहसचिवहरुमध्येबाट मानबहादुर कार्की, खडक अधिकारी, जितेन्द्रबाबु थपलिया, अच्युत कुइँकेल, गजेन्द्रबहादुर सिंह, ठगीन्द्र कट्टेल र बाबुराम दाहालमध्येबाट उच्च अदालतका न्यायाधीश छानिनेछन्। यस समूहबाट दुईजना न्यायाधीश बन्नेछन्।

यीबाहेक सरकारी वकिल र कानुन अधिकृतहरूमध्येबाट एक¬एक जना पर्न सक्नेछन्। सरकारी वकिल समूहबाट शंकर खत्रीको नाम छलफलमा छ। यद्यपि वरिष्ठताक्रममा भने सहन्यायाधिवक्ताहरू सूर्यराज दाहाल र उद्धवप्रसाद पुडासैनी खत्रीभन्दा अगाडि छन्।

जिल्लापछि उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी, यस्तो छ कोटा विभाजन
एक जना कानुनका सहसचिवहरूमध्येबाट बन्नेछन्। कानुनमन्त्रीले दिएको नाम न्याय परिषद्ले अनुमोदन गर्न सक्नेछ। कानुनमन्त्री हाल कांग्रेसका अजयकुमार चौरसिया छन्। कांग्रेसका विभिन्न नेताहरु चौरसियाकहाँ दौडधुप गरिरहेकै छन्।

न्याय परिषद्ले कानुन व्यवसायीबाट ४ जनालाई उच्च अदालतको न्यायाधीश बनाउने तयारी गरेको छ। बाँकी ८ जना जिल्ला न्यायाधीशले उच्चमा अवसर पाउने भएका छन्।

महेन्द्रबहादुर कार्की, गोपालप्रसाद बास्तोला, गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, भुवनसिंह थापा, लीलाराज अधिकारी, दीपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल, दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारीलगायत वरिष्ठतामा अगाडि छन्। यीमध्ये केहीलाई यसअघि नै छुटाएर कनिष्ठलाई उच्चमा नियुक्त गरिसकिएको छ।

यसअघि साउन २५ गते बसेको न्याय परिषद्को बैठकले न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीहरुमध्येबाट ३५ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो।

सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त छ। न्यायाधीश अभावमा सर्वोच्चको न्याय सम्पादनको दर पुनः घट्न थालेको छ।

त्यसकारण सर्वोच्च अदालतमा पनि न्यायाधीश नियुक्तिको लागि न्याय परिषद्माथि दबाब छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com