ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ


एबीसी न्यूज

काठमाडौं ७ भदौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ ।

बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन् । भर्जिनियाको स्थानीय अनलाइन पोर्टल इन्साइड नोभा डटकमले लेखेअनुसार प्रहरीले २८ वर्षीया नर्स ममता काफ्लेको हत्या भएको आशंका गरेको छ र शव लुकाएको आशंकामा उनका श्रीमान् नरेशलाई पक्राउ गरेको हो ।

नरेशले पहिले स्थानीय सञ्चारमाध्यमहरुसँग श्रीमतीसँग आफ्नो कुनै झगडा पनि नभएको भन्दै जहाँ भएपनि आउन अनुरोध गरेका थिए । यद्यपि, उनी ममताको खोजी गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका थिएनन् । मोबाइलबाटै सम्बोधन गरेका थिए र आफूले एक वर्षको बच्चाको ख्याल गर्नुपर्ने भएकाले आउन नसकेको बताएका थिए ।

जानकारहरुका अनुसार, महेन्द्रनगर कञ्चनपुर स्थायी घर भएका भट्टले सन् २०२० मा मात्र विवाह गरेका थिए । दुईबीच पछिल्लो समय सुमधुर सम्बन्ध थिएन । काफ्लेले सम्बन्ध विच्छेद गर्न विभिन्न व्यक्तिहरुसँग परामर्श गरेको समेत खुलेको छ ।

 

तर, अन्तिम पटक जुलाई ३१ ९१६ साउन० मा मनसास पार्कमा देखिएकी ममता काफ्ले त्यसयता सम्पर्कविहीन भइन् । श्रीमान् नरेशले खोजीका लागि निवेदन पनि दिएनन् । आफन्त र साथीभाइले चासो देखाएपछि केही दिनपछि प्रहरी आफैं उनको घरमा पुगेको थियो । त्यसपछि बल्ल उनले श्रीमती हराएको भन्दै प्रहरीलाई खोजी गरिदिन अनुरोध गरेका थिए ।

मनसास पार्क पुलिस विभागले जारी गरेको सूचना अनुसार, उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाई ९१३ साउन० मा कुरा गरेका थिए भने श्रीमान्ले ३१ जुलाई ९१६ साउन० मा अन्तिम पटक देखेको बताएका छन् । पछिल्लो पटक प्रहरीले गरेको प्रेस ब्रिफिङमा मनसास पार्क पुलिसका प्रमुखले श्रीमान् नरेशले अनुसन्धानमा सहयोग नगरेको भन्दै उनी यो मामलामा शंकास्पद व्यक्ति भएको बताएका थिए । लगत्तै प्रहरीले उनको घरमा छापा समेत हानेको थियो ।

इन्साइड नोभाले एक जना अटर्नीलाई उदृत गर्दै प्रहरीले थप प्रमाण फेला पारेपछि नरेशलाई पक्राउ गरेको भनेको छ । काफ्लेको अवस्था भने अहिलेसम्म पत्ता लागेको छैन ।

एबीसी न्यूजको वेवसाइटमा उल्लेख भएअनुसार, श्रीमान्ले तीन दिनपछि मात्र प्रहरी कहाँ उनी बेपत्ता भएको खबर गरेका थिए । त्यसपछिका दिनमा गुप्तचरहरुले पनि व्यापक जाँच गरेको भनिएको छ । त्यसक्रममा पछिल्ला दिनहरुमा उनको परिवार, साथीभाइ र काम गर्ने ठाउँमा निकै कम सम्पर्क हुने गरेको पाइएको छ ।

उनका पूर्वसहकर्मी सुनिता बस्नेत थापाका अनुसार, उनको खोजीका लागि मनसास पार्कमा साथीभाइहरु स्वेच्छिक रुपमा भेला भएर प्रदर्शन समेत गरेका थिए । ‘उनी हराएको विषयमा सबैलाई थाहा होस् र मिडियासम्म पनि यो कुरा पुगोस् भनेर भेला भएका हौं’, उनले भनेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com