ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छ’


एबीसी न्यूज

काठमाडौं ५ भदौ । नेपाल सरकारले सय दिनमा गर्ने कामहरुको योजना सार्वजनिक गर्ने भएको छ।

मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारले सय दिनमा सम्पादन गर्ने कामहरुको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएकी हुन्।

नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गत वर्ष भन्दा यस वर्ष सरकारले बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा बढी सफलता हात पर्ने दाबी समेत गरिन्।

गत वर्षभन्दा यस वर्ष बजेटमा उल्लेखित कार्यक्रमहरू कार्यान्वयन हुने र बजेट पनि खर्च हुने मुख्यसचिव गड्तौलाको दाबी थियो। उनले आफूले बजेटबारे धेरै बोल्न नमिल्ने तर्क समेत गरिन्। सम्बन्धित मन्त्रालयले बजेट कार्यान्वयन गर्ने भएकाले आफूले त्यसमा बढी बोल्न उपयुक्त नहुने मुख्य सचिव गडतौलाको स्पष्टिकरण थियो।

‘नेपाल सरकारले अहिलेको सरकारले सय दिन भित्रमा गर्ने काम के के हुन्रु भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याउँदैछ। त्यो सय दिन भित्र गर्ने काम धेरै नै यहाँ पर्ने मैले महशुस गरेको छु’ उनले भनिन्, ‘अब गत वर्षभन्दा यस वर्ष पक्कै पनि बजेटमा यो कार्यक्रमहरु पनि कार्यान्वयन हुन्छन्। बजेट पनि खर्च गर्छ। सिएनआईले वाच गरेर अर्को चोटीको गोलो डाटामा कामै नगरेको भन्दै आउँदैन होला भन्ने मलाई लाग्छ।’

मुख्यसचिव गडतौलाले आफ्नो जिम्मेवारी पूरा गर्न सचिवहरूलाई निर्देशन समेत दिइन्। उनले जिम्मेवार निकायमा बस्नेहरूले बोल्ने भन्दा पनि काम गरेर परिणाम देखाउन केन्द्रित हुनुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com