ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनाव जित्न ह्यारिसले भित्र्याइन् ओबामाको सल्लाहकार टोली


एबीसी न्यूज
भाद्र ५, २०८१ बुधबार  ४ : २३ बजे

काठमाडौं ५ भदौ । मंगलबार राति डेमोक्र्याटिक पार्टीको सम्मेलनको दोस्रो दिन पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको पक्षमा जोसिलो भाषण दिए।

‘आशा फर्किंदैछ,’ सिकागोमा आयोजित सम्मेलनमा ओबामाले भने। तर, उनले होसियार रहन पनि सचेत गराए।

‘भ्रममा नपर्नुस्, कडा टक्कर हुनेछ,’ ६३ वर्षीय ओबामाले भने। लगत्तै उनकी पत्नी मिसेलले पनि उस्तै सन्देश दोहोर्‍याइन्।

ह्यारिस र डोनाल्ड ट्रम्पबीचको प्रतिस्पर्धा कठिन हुने अनुमान गरिँदैछ। केही सर्वेक्षणहरूमा ह्यारिस अगाडि देखिएकी छन्। तर, नतिजा फरक पार्ने राज्यहरूमा उनीहरूबीच कडा टक्कर रहेको बताइन्छ।

ह्यारिसलाई ओबामाको समर्थन भाषणका मञ्चमा मात्रै सीमित छैन। बहाल राष्ट्रपति जो बाइडेन पछि हटेपछि ह्यारिसले ओबामा प्रशासनका बेला ह्वाइटहाउसमा काम गरेका कयौँ सल्लाहकारहरूलाई पनि आफ्नो टिममा भित्र्याएकी छन्।

२०२० राष्ट्रपतिको उम्मेदवार बन्ने ह्यारिसको योजना सफल भएको थिएन। पछि उनी उपराष्ट्रपति निर्वाचित भइन्। तर, पद सम्हालेलगत्तै उनलाई आफ्ना स्टाफ नियुक्त गर्न पनि समस्या भएको थियो। किनभने उनीसँग वफादार स्टाफ कमी थियो।

अर्कोतर्फ, ओबामाको टोलीले भने दुईपटक ऐतिहासिक काम गरिसकेको छ। पहिलोपटक एक अश्वेत उम्मेदवारलाई राष्ट्रपतिमा जिताएर र दोस्रोपटक प्रतिकूल आर्थिक अवस्थामा उनलाई पुनः जिताएर।

त्यसैले पहिलो अश्वेत महिलालाई चुनाव जिताउन त्यही टोलीको सहयोग महत्त्वपूर्ण हुने आकलन गरेर ह्यारिसले उनीहरूलाई भित्र्याएकी हुन्।

यसरी ह्यारिसको टोलीमा सामेल भएकामा २००८ मा ओबामाको चुनावी अभियान हाँकेका डेविड प्लफ प्रमुख छन्। त्यस्तै, ह्वाइट हाउसकी पूर्वसल्लाहकार स्टेफानी कजर, दोस्रोपटक ओबामालाई चुनाव जिताउने अभियानकी उपप्रमुख जेनिफर पालमिएरी र मिच स्टेवार्ट छन्।

२०१२ मा ओबामाको चुनावी अभियान सम्हालेका जिम मेसिना पनि सो टोलीमा छन्। उनले तुरुन्त चुनावी टोली गठन गर्नुपर्ने भएकाले अनुभवी मानिसहरूको आवश्यकता परेको बताएका छन्।

तर, ओबामाका सल्लाहकारहरू र बाइडेनका सहयोगीहरूबीच टक्कर पर्नसक्ने आशंका पनि गरिएको छ। किनभने ओबामाले बाइडेनलाई यसपटक चुनाव नउठ्न दबाब दिएका थिए।

ह्यारिसले भित्र्याएकाहरूमा ओबामाका नेसनल इकोनोमिक काउन्सिल निर्देशक जिन स्पर्लिङ र ओबामाकै लागि अफिस अफ म्यानेजमेन्ट एन्ड बजेटको नेतृत्व गरेका ब्रायन डिज पनि छन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

सम्बन्धित

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com