ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस, इरान र कोरियामाथि नाकाबन्दी लाउन अमेरिकी संसदमा मङ्गलबार मतदान


admin
श्रावण १०, २०७४ मंगलबार  १२ : २३ बजे

वासिङटन, १० साउन । रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुदैछ ।

इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ । तर त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसदमा विधेयक लगिने भएको हो ।

त्यसैगरी रुसका बिरुद्धमा पनि यसअघि नै पूर्व राष्ट्रपति बाराक ओबामाको प्रशासनले केही क्षत्रेमा नाकाबन्दी लगाएको थियो । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि पनि त्यसलाई खासै खारेज गर्न सक्नुभएको छैन ।

यो पछिल्लो विधेयक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकारहरु कटौतीका लागि लक्ष्य गरेर आएको छ । यस विषयमा गएको दुई हप्तादेखि अमेरिकी संसदमा व्यापक मात्रामा बहस जारी छ ।

उत्तर कोरिया र इरानका लागि गरिएको यो नयाँ नाकाबन्दी खासगरी पछिल्लो समयमा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणको विरुद्धमा गरिएको छ ।

साथै रुसका लागि लक्षित नाकाबन्दी उहाँले रुसका पक्षमा गर्नसक्ने कुनै पनि निर्णयको अधिकार कटौतीका लागि ल्याइएको हो । यो विधेयक पारित भएमा उहाँको अधिकारमाथि काँग्रेसको अङ्कुश कायमै रहने छ ।

यस विधेयकमा राष्ट्रपति ट्रम्पले पनि प्रारम्भिक रुपमा सहमति जनाउनुभएको छ । उहाँले यस विषयमा आफू सहमत भएको कुरा प्रारम्भिक रुपमा भने पनि यसको मतदानको प्रक्रियासम्म रिपब्लिकन र डेमोक्र्याटको सहमतिको आधार के हुन्छ भन्ने बारेमा केही खुलेको छैन ।

गत महिना पनि सिनेटमा रुसका विरुद्धमा नाकाबन्दी गर्ने विषयमा मतदान भएको थियो । रुसमाथि कडा खालको नाकाबन्दी लगाउने विषयमा भएको सो मतदानमा सो प्रस्तावको पक्षमा मत प्रकट भएको थियो ।

त्यस समय विषयवस्तु नखुलाइएको भए पनि रुसका विरुद्धमा कडा प्रकारको नाकाबन्दी गर्ने भनी गरिएको मतदानमा रुसका विपक्षयमा अत्यधिक मात्रामा मतदान र सहमति भएकोले यो वर्तमान विधेयकको आधार बनेको अधिकारीहरुको भनाई छ ।

यस विषयमा अमेरिकी काँग्रेसमा शनिबार सहमति भएको हो । सो सहमतिमा रुसमाथि नाकाबन्दी गर्ने बारेमा राष्ट्रपति ट्रम्पको दल रिपब्लिकन र डेमोक्र्याटहरु समेतले सहमति गरेका छन् ।

यो पछिल्लो विधेयकले हालैका दिनमा अमेरिकी राष्ट्रपति ट्रम्पको रुसी प्रशासनसँग बढ्दै गएको भनिएको सम्बन्ध थप अघि नबढोस भनी ल्याइएको पनि अनुमान गरिएको छ ।

खासगरी गत बर्ष भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनका समयमा प्रजातान्त्रिक प्यानलका प्रत्यासी हिलारी क्लिन्टनलाई हराउन रुसी अधिकारीहरुले गरेका भनिएका गोप्य पत्राचारका विषयमा अमेरिकी सिनेट समितिमा राष्ट्रपति ट्रम्पका छोरालाई उपस्थित हुन भनेकै बेला अमेरिकी संसदमा यो बिधेयक ल्याइएको छ ।

त्यसैगरी हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गोप्य वार्ता गरेको भनी अमेरिकामा व्यापक मात्रामा विरोध भइरहेका बेला यो विधेयक संसदमा ल्याइएको छ ।

यो विधेयक काँग्रेसबाट पारित भएपछि आगामी अगष्ट महिनाको अन्त्यतिर फेरि अन्तिम पारित गर्ने प्रक्रियाको लागि सिनेटमा नै फिर्ता पठाइने छ ।

यो विधेयकमा शनिबार भएको दुवै पार्टीको सहमतिले आगामी दिनमा रिपब्लिकन र डेमोक्र्याटहरु सँगसँगै र एकै आवाजका साथ काम गर्न तयार भएको पनि सन्देश दिएको बताइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

कांग्रेसको आन्तरिक एकता सुदृढ हुँदै: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जियो !

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com