ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थामेको बाढीपछि दूधकोसीले धार बदल्दा टोकटोक गाउँका ३ घरमा क्षति, ४ वटा जोखिममा


एबीसी न्यूज

काठमाडौं ३ भदौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत शुक्रबार साउन ३२ माथिल्लो भेगको हिमपोखरी फुटेपछि आएको लेदोसहितको बाढीपछि दूधकोसी नदीले आफू बग्ने धार फेर्न थालेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालका अनुसार, सोही बाढीपछि नदीले कटान बढाउँदै लगेर वडा नम्बर ३ स्थित टोकटोक गाउँ जोखिममा परेको छ।

‘भर्खरै त्यही क्षेत्रमा पुगेर आएका छौँ, ३ वटा घरमा नदीको कटान बढ्दै गएर लगभग पूर्ण क्षतिको अवस्थामा पुगेको छ,’ भुसालले सोमबार दिउँसो  भने।

उनका अनुसार, अन्य ४ वटा घरमा पनि नदी कटान पुगेर क्षति गर्नसक्ने जोखिम बढेको छ। वडा नम्बर ३ का वडाध्यक्ष नुरु जाङ्बु शेर्पाले जोखिमयुक्त घरका व्यक्ति, पशुचौपाय र सामानहरू सुरक्षित ठाउँमा सारिएको जानकारी दिए।

‘यो क्षेत्रमा बलौटे बालवासहितको लेदो माटो धेरै छ, माथिबाट पनि बालुवा नै बगाएर आएको छ,’ वडाध्यक्ष शेर्पाले भने, ‘विस्तारै विस्तारै नदीले धार परिवर्तन गरेर बस्तीतिर गइरहेको छ।’

नदीको सतह केही कम भएको भएपनि बस्ती छेउमा कटान गर्दै गइरहेको पनि उनले बताए।

खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ। बाढीको कारण गईरहेको पहिरोले गर्दा टोक टोक, बेङकार, फाक्दिङ, युल्ङिङ, ल्होवा, छेर्मादिङ लगायतका बस्तिहरू उच्च जोखिममा परेको गाउँपालिकाले जनाएको छ।

हिमपोखरी फुटेपछि आएको बाढीका कारण वडा नम्बर–५, थामेका २० घर, तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो।

बाढीमा परेर कुनै मानवीय क्षति भने भएन।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com