ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोलुखुम्बुमा हिम पहिरोपछि बाढी : ३ वटा घर र एउटा छात्रावास बगायो


एबीसी न्यूज

काठमाडौैं ३२ साउन ।   सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा गएको हिमपहिरोमा परेर ३ वटा र एउटा छात्रावास बगाएको छ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी सीडीओ देवी पाण्डे खत्रीले ३ वटा घर र एउटा छात्रावास बगाएको खबर आएको जानकारी दिइन्।

उनका अनुसार, त्यहाँ प्रहरीको टोली पुग्ने क्रम जारी छ। अहिलेसम्म त्यहाँकै नजिक रहेका १० जना नेपाली सेनाको टोली पुगेर उद्धारको कार्य भइरहेको छ।

‘३ वटा घर र एउटा छात्रावास बगाएको खबर आएको छ,’ सीडीओ पाण्डेले नेपालखबरसँग भनिन्, ‘अन्य ४ वटा घर पनि बगाउने क्रममा छ। निकै ठूलो क्षति पुगेको ब्रिफिङ त्यहाँबाट भएको छ।’

सोलुखुम्बुको खुम्बु गाउँपालिकामा हिमपहिरो, दूधकोसीमा ठूलो बाढी

सदरमुकाम सल्लेरीबाट उक्त घटना घटेको ठाउँ पुग्न पैदल हिँडेर कम्तिमा पनि ४र५ दिन लाग्ने उनले बताइन्।

‘हामी उद्धारका लागि हेलिकप्टर तयार पारेर बसेका छौँ, तर मौसमका कारण हेलिकप्टर पनि पठाउन सकिएको छैन,’ सदरमुकाम सल्लेरीबाट टेलिफोनमा उनले भनिन्।

उनले कुन ठाउँमा पहिरो आएको हो भन्ने अहिलेसम्म यकिन हुन नसकेको बताइन्। ‘ठूलो वर्षा माथि माथि क्षेत्रमा अझै भएकाले कुन ठाउँमा पहिरो गयो भन्ने पनि पत्ता लगाउन सकेका छैनौँ,ँ उनले भनिन्।

उक्त हिमपहिरोपछि आएको बाढीका कारण दूधकोसी नदीमा ठूलो बाढी आएको छ। दूधकोसी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो।

खुम्बु पासाङ ल्हामु, माप्य दूधकोसी गाउँपालिका, सोताङ, थुलुङ दूधकोसी र नेचा सल्यान गाउँपालिका लगायतका नदी किनारका क्षेत्रमा क्षति पुग्नसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com