ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्र विकास बोर्डको अध्यक्षमा डिसी, मानन्धर र थापाको आवेदन


एबीसी न्यूज

काठमाडौं २९ साउन । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाको आवेदन परेको छ। फिल्म निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर र संस्कृतिकर्मी राजेशकुमार थापामगरले आवेदन दिएका हुन्।

आज मंगलबार दिउँसोसम्म यी तीन जनाले आवेदन दिएको चलचित्र विकास बोर्डका सदस्य सचिव राजेशकुमार थापा जानकारी दिए।

उनका अनुसार आवेदन दिने मिति भोलि बुधबार सम्म छ।

‘अहिलेसम्म तीनजनाको आवेदन आएको छ। दिनेश डिसीसहित करिश्मा मानन्धर र राजेशकुमार थापाले आवेदन दिइसक्नुभएको छ। भोलि अन्तिम मिति भएकाले अरु पनि आवेदन आउन सक्छन् ,’उनले भने।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन भर्न भनेको थियो। जसअनुसार विगतझै अन्तिम दिनमा पनि आवेदन आउने सम्भावना रहेको उनको भनाइ छ।

थापाका अनुसार आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गरिन्छ।

त्यसपछि सिफारिस समितिले बढीमा तीन जनाको नाम सिफारिस गर्ने प्रावधान छ।

समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ।

यी तिनैजना आवेदक सत्तारुढ एमाले निकट भातृ संगठनमा आवद्ध छन्।

डिसी जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष समेत हुन्।

एमाले नेतृ समेत रहेकी अभिनेत्री करिश्मा एमालेको साहित्य, कला तथा सांस्कृतिक विभागकी सदस्य हुन्।

त्यसैगरी, राजेशकुमार थापा सांस्कृतिक संस्थानको पूर्वप्रबन्ध निर्देशक तथा एमाले निकट जनसांस्कृतिक महासंघका सदस्य हुन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com