ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल-भारत विदेश सचिवबीच दुई देशका संयन्त्रहरूको बैठक सुचारु गर्नेबारे छलफल


एबीसी न्यूज

काठमाडौं २८ साउन । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले पररराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन्।

विदेशसचिव मिस्रीले सोमबार काठमाडौंको नक्शालस्थित होटल हिल्टनमा परराष्ट्र सचिव लम्सालसँग भेटवार्ता गरेका हुन्।

भेटवार्ताका क्रममा दुई देशका बिचमा विगतमा भएका सहमतीहरु तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरुलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको बताइएको छ।

भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल–भारत सम्बन्धको सबै पक्षहरुको बीचमा समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए।

उनले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरु र दुई देशका बीचमा भएका विभिन्न संयन्त्रहरुको बैठक सुचारु गर्ने विषयमा पनि कुराकानी भएको बताए।

उनले भने ‘नेपाल भारत सम्बन्धको सबै पक्षहरुको बीचमा एक प्रकारले भन्ने हो भने रिभ्यु गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने कुराहरु समग्रमा छलफल भएको हो। खासगरी कुनै संरचनागत मेकानिजमको बैठक होइन। भारतीय विदेश सचिव उनको परिचयात्मक भ्रमणमा आउनुभएको हो।’

भेटका क्रममा कुनै सहमती वा समझदारीहरु नभएको उनले स्पष्ट पारे।

‘भारतीय सहयोगबाट सञ्चालित विभिन्न परियोजनाहरु छ। हामी दुई देशका बिचमा विभिन्न संयन्त्रहरु छ। त्यो संयन्त्रहरुको बैठक सबै सुचारु रुपमा आगामी दिनमा गर्नुपर्छ भन्नेदेखि लिएर अगाडी कसरी जाने भन्ने विषय हो’ उनले थपे, ‘भारतीय सहयोगबाट सञ्चालित विभिन्न कार्यक्रमहरू छन्। द्विपक्षीय थुप्रै संयन्त्रहरु छ। तिनीहरुलाई कसरी आगामी दिनमा क्रियाशील बनाउने भन्ने विषय नै हो।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com