ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा फेरीको भाडा २१ प्रतिशतसम्म वृद्धि, आइतबारदेखि लागु हुने


एबीसी न्यूज
श्रावण २५, २०८१ शुक्रबार  ४ : ०२ बजे

काठमाडौं २५ साउन । हङकङमा सेन्ट्रल र डिस्कभरी बेबीच चल्ने फेरीको भाडामा वृद्धि हुने भएको छ। बढेको भाडा आइतबारदेखि लागु हुनेछ।

यातायात विभागले शुक्रबार घोषणा गरेको मूल्यवृद्धि अनुसार भाडा २१ प्रतिशतसम्म वृद्धि हुने भएको हो।

यसअघि डिस्कभरी बे ट्रान्सपोर्टेसन सर्भिसेज लिमिटेडले ६० प्रतिशतसम्म वृद्धि गर्नुपर्ने प्रस्ताव गरेको थियो।

सरकारी राजपत्रमा प्रकाशित पछिल्लो भाडा संरचनाअनुसार अब नगद भुक्तान गर्ने वयस्क तथा डिस्कभरी बे सेवा व्यवस्थापनमा दर्ता नभएका अक्टोपस कार्ड प्रयोग गर्नेले हङकङ डलर ५५।८ तिर्नुपर्नेछ। यसअघि यो ४६ हङकङ डलर थियो।

सेवा व्यवस्थापनमा अक्टोपस कार्ड दर्ता भएका वयस्कले भने ३८।२ हङकङ डलर तिर्नुपर्नेछ। यो हालको मूल्यमा १४ प्रतिशत वृद्धि हो।

यसैगरी मान्यता प्राप्त अक्टोपस कार्ड भएका वृद्ध यात्रुले हङकङ डलर २४ तिर्नुपर्नेछ। डिस्कभरी बेमा बस्ने २६ वर्षमुनिका विद्यार्थी र १ देखि १२ वर्षसम्मका बालबालिकालाई हङकङ डलर १९।१ शुल्क लाग्नेछ।

यातायात विभागले पश्चिम जिल्ला परिषद्मा पेस गरेको कागजातमा फेरी सेवाको लागि अन्तिम पटक ६ वर्षअघि जुन २०१८ मा भाडा समायोजन गरिएको उल्लेख छ।

उक्त कागजात भनिएको छ– यात्रु संख्या घटेको छ। ज्याला र इन्धन जस्ता सञ्चालन लागत बढ्दै गएका छन्। बढ्दो परिचालन लागत पूरा गर्न संकलित राजस्व अपर्याप्त छ।

‘उपयुक्त भाडा समायोजनले डिस्कभरी बेका बासिन्दा र आगन्तुकका लागि पानी यातायात सेवा उपलब्ध गराइराख्न फेरी सेवाको सञ्चालनमा निरन्तरता दिन मद्दत गर्नेछ,’ विभागले परिषद्लाई बुझाएको कागजातमा भनिएको छ।

सेवाको विगतको कार्यसम्पादनका साथै सञ्चालन लागत, राजस्व र प्रतिफल दरमा हुने अनुमानित परिवर्तन जस्ता कारकलाई ध्यानमा राखी मूल्यवृद्धि गर्ने निर्णय भएको विभागले उल्लेख गरेको छ।

भाडा वृद्धिका सम्बन्धमा जिल्ला काउन्सिलर जोनाथन चाउले यात्रुहरूका लागि बोझ भएको टिप्पणी गरेका छन्।

अझ विभागले प्रस्ताव गरेको ६० प्रतिशत वृद्धि त ‘अस्वीकार्य’ नै भएको उनले बताए। बासिन्दाहरूको लागि भएको १४ प्रतिशत वृद्धि पनि अझै धेरै उच्च रहेको उनको धारणा छ।

‘बारम्बार यात्रा गर्ने यात्रुको लागि यो ठूलो आर्थिक बोझ हुनेछ,’ चाउ भन्छन्, ‘जस्तै, काम गर्नको लागि सेन्ट्रल जानुपर्ने र सेन्ट्रलका स्कुलमा पढ्ने बच्चाहरूका लागि यो बोझिलो हुनेछ। ’

बारम्बार यात्रा गर्ने यात्रुका लागि छुट र विशेष योजनाहरू ल्याउन उपयुक्त रहेको उनी बताउँछन्। जस्तै, १८ पटक फेरीको यात्रा पूरा गरेपछि २ वटा निःशुल्क यात्रा प्रदान गर्ने एउटा योजना हुनसक्छ।

यसले मानिसहरूलाई फेरी सेवा छनोट गर्न आकर्षित गर्ने पनि उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजिटल नेपालतर्फ राजनीतिक प्रतिस्पर्धा — गगन थापाको डिजिटल गभर्नेन्स प्रस्ताव कति सम्भव ?

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

सम्बन्धित

डिजिटल नेपालतर्फ राजनीतिक प्रतिस्पर्धा — गगन थापाको डिजिटल गभर्नेन्स प्रस्ताव कति सम्भव ?

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com