ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीआईबी प्रमुख एआईजी ज्ञवालीमाथि छानबिन हुँदै


एबीसी न्यूज

काठमाडौं १६ साउन । प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुखमाथि छानबिन अघि बढाएको छ।

सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समिति बनाएका छन्।

प्रहरी प्रधान कार्यालय प्रशासन विभागका एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको हो।

प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा उनीविरुद्ध उजुरी परेको स्रोतले जानकारी दिएको छ।

एआईजी ज्ञवालीमाथि विभिन्न प्रकारका उजुरी परेको भन्दै उनीमाथि प्रहरी मुख्यालयले छानबिन गर्न लागेको हो।

ज्ञवालीले आफूखुसी काम गरेको, आईजीपी कुँवरसँग समन्वय नगरेको र मुद्दाको अनुसन्धानमा कानुनविपरीत अगाडि बढेको आरोप उजुरीमा रहेको प्रहरी मुख्यालयका एक अधिकारीले जानकारी दिए।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यक्तिमाथि अभद्र व्यवहारको मुद्दा चलाएको र त्यसको जानकारी आईजीपीलाई समेत नगराएको आरोप पनि उनीमाथि लगाइएको छ।

यसअघि सुन प्रहरणकै अनुसन्धानमा त्रुटि भएको भन्दै तत्कालीन सीआईबी प्रमुख किरण वज्राचार्यलाई सरुवा गरेर त्यतिबेलाका गृहमन्त्री रवि लामिछानेले ज्ञवालीलाई पठाएका थिए। अहिले सरकार परिवर्तन भएलगत्तै ज्ञवालीलाई छानबिनमा तानिएको हो।

भदौ २५ मा उमेरहदका कारण अनिवार्य अवकाशमा जाने ज्ञवालीलाई त्यसअघि नै सीआईबीबाट हटाउने तयारी छ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा ज्ञवाली महानगरीय प्रहरी कार्यालयका प्रमुख थिए। सत्ता गठबन्धन परिवर्तनलगत्तै ज्ञवालीसहित उक्त अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरूको सेट नै सरकारले फेरेको थियो।

त्यसपछि केही समय ज्ञवाली प्रहरीको कार्यविभागमा बसेमा थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com